अमेरिकामा नेपाली अमेरिकनले यसरी गरे मतदान (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक २२, २०७९ मंगलबार

अमेरिकामा मंगलबार सम्पन्न चुनावले संसदमा कुन पार्टीको नियन्त्रण कायम रहने भन्ने कुराको निर्धारण गर्नेछ । अहिले प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीको बहुमत रहेको छ भने सिनेट पचास पचासमा विभाजित रहेको छ ।

मंगलबारको चुनावमा नेपाली अमेरिकनहरु पनि उत्साहजनक रुपमा नै सहभागी भए । कतिपयले अग्रिम मतदान गरेतापनि अधिंकाशले भने मुख्य दिनमा नै मतदान गरेका छन् ।

परिवारका साथमा नवराज केसी

न्युयोर्कको क्वीन्स कलेज प्वाइन्ट निवासी नवराज केसीले विहानै मतदान गरे । मताधिकारबारे बुझाउनका लागि उनले आफ्ना छोराहरुलाई पनि मतदान केन्द्रमा लगेका थिए । केसी न्युयोर्क सिटीका मेयरको एसियन अफेयर्स एडभाइजरी काउन्सिलका सदस्य हुन् भने न्युयोर्कका चर्चित रियल्टर समेत हुन् ।

श्रीमती प्रतिमा खतिवडासहित बासु फूलारा

त्यस्तै उडसाइड निवासी न्युयोर्कका कानून व्यवसायी बासु फूलाराले दिउसो कार्यालयमा जानुपर्ने भएकाले विहानै मतदान गरे । श्रीमती प्रतिमा खतिवडासहित मतदान केन्द्रमा पुगेका उनले मतदानका लागि पाँच मिनेट पनि नलागेको अनुभव सुनाए । प्रयाप्त मतदान केन्द्रहरु राखिएका कारण मतदाताहरुले धेरैबेर कुर्नु नपर्ने अवस्था रहेको थियो । भविश्यमा अमेरिकी राजनीतिमा सकृय हुने योजना बनाएका उनले अल्पसंख्यक भएतापनि नेपाली अमेरिकनहरुको अमेरिकाको मतदानमा सहभागिताको राजनीतिक अर्थ भएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डाक्टर विष्णुमाया परियार

त्यस्तै न्युजर्सी निवासी अधिकारकर्मी डाक्टर विष्णुमाया परियारले आफूले मतदान गर्नुका साथै अरुलाई पनि मतदान गर्नका लागि आव्हान गरिने । यदि आफ्नो मतदान केन्द्रमा जान नसकेका वा नाम नभेटिएमा एफिडाभिड मतपत्रमार्फत भएपनि मतदान गर्न उनले सुझाव दिइन् । तर मतदानको अधिकार प्रयोग गर्नैपर्ने उनको भनाई थियो ।

डाक्टर राजन थपलिया ।

न्युयोर्कको क्वीन्स निवासी लेखक तथा प्रोफेसर डाक्टर राजन थपलियाले उडसाइडको पीएस १२ मतदान केन्द्रमा गएर मतदान गरे । मतदान केन्द्रमा परिचयपत्र देखाएपछि कुनै झन्झटविना नै पाँचमिनेटमा आफूले मतदान गरेको उनले अनुभव सुनाए ।

कञ्चन बस्नेत

त्यस्तै न्युयोर्कको क्वीन्स निवासी कञ्चन बस्नेतले अमेरिकाको संसदीय चुनावमा पहिलोपटक मतदान गर्न पाउँदा निकै उत्साहित भएको बताइन् ।

पुरुषोत्तम ढकाल

क्यालिफोर्निया निवासी पुरुषोत्तम ढकालले डिजिटल मेसिनमार्फत मतदान गरेको अनुभव सुनाए । यसरी मतदान गर्दा निकै सहज र रोचक अनुभव भएको उनले बताए ।

न्युयोर्कको क्वीन्समा मतदान गरिसकेपछि एक नेपाली अमेरिकन मतदाता ।

अमेरिकामा मंगलबारको चुनावमा  मतदान गर्न योग्य नेपाली अमेरिकनहरुको संख्या ६० हजारको हाराहारीमा रहेको थियो । जसमध्ये न्युयोर्कमा झण्डै १० हजार नेपाली अमेरिकन मतदाताहरु रहेका छन् ।

न्युयोर्कको क्वीन्समा मतदान गरिसकेपछि एक नेपाली अमेरिकन मतदाता ।

अमेरिकाको चुनावका लागि मतदान गर्न योग्य हुने नेपाली अमेरिकनहरुको संख्या विगत ५ बर्षको अवधिमा नै झण्डै दोब्बर भएको छ । सुरुदेखि सन् २०१५ सम्मको तथ्यांक हेर्दा २५ हजार ३ सय ९९ जना नेपालीहरु योग्य रहेकोमा त्यसयता झण्डै ३५ हजार नेपालीले अमेरिकी नागरिकता लिएका छन् ।

चुनावमा अग्रिम मतदानपछि न्युयोर्कको क्वीन्स निवासी मनमोहन सिंह घिमिरे, निर्मला बास्कोटा र परिवार ।

कतिपय नेपालीहरुले अग्रिम मतदान समेत गरेका छन् । न्युयोर्कको क्वीन्स निवासी मनमोहनसिंह घिमिरेले श्रीमतीसहित अग्रिम मतदान गरे । उनले चुनावका दिन उपस्थीत हुन नसक्नेहरुले अग्रिम मतदान गर्नुपर्ने बताए ।

कभर तस्वीरमा मतदान गर्दै क्यालिफोर्निया निवासी रन्जना ढकाल पुडासैनी ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com