शुक्रबारदेखि टेक्सासमा ‘महापुरुष’, एकसाथ विश्वव्यापी रिलिज


प्रकाशित मिति : कार्तिक १०, २०७९ बिहीबार

अक्टाबर २८ शुक्रबारदेखि टेक्सासमा नेपाली चलचित्र महापुरुष प्रदर्शन गरिने भएको छ । टेक्सासको युलेस सिनेपोलिस र रिचर्डसनको एफएमजी थियटरमा चलचित्रको प्रदर्शन गरिने भएको छ । युलेसको सिनेपोलिसमा दैनिक तीन शो र रिचर्डसनको एफएमजी थियटरमा दैनिक एक शो चलचित्रको प्रदर्शन गरिने छ ।

चलचित्रको टिकट अनलाइनबाट लिनका लागि यहाँ क्लीक गर्नुहोला ।

चलचित्र शुक्रबारबाट विश्वव्यापी रिलिज हुन लागेको हो । चलचित्र अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, कोरिया र मध्य पूर्वका देशहरूमा एक साथ रिलिज हुने भएको छ । अमेरिकामा चलचित्रको प्रदर्शन नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले गर्न लागेको हो ।

सामाजिक कथाबस्तुमा आधारित ‘महापुरुष’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतका कलाकारहरुको अभिनय छ ।

दीपक बज्रचार्यले खिचेको सिनेमामा कालीप्रसाद बाँस्कोटा र रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्जको कोरियोग्राफी र मित्र डी गुरुङको सम्पादन छ ।

षट्कोण आर्ट्सको व्यानरमा निर्मित सिनेमामा रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण छ । म्याक्स दिपेश खत्री सिनेमाका निर्माता हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com