विना भिसा अमेरिका आउन लागेका काले गिरीको पानामामा डुंगा दुर्घटनामा मृत्यु, सहयोगको अपिल


प्रकाशित मिति : कार्तिक १०, २०७९ बिहीबार

विना भिसा अमेरिका आउने यात्रामा रहेका प्युठान ४ खवाङका काले गिरीको पानामामा डुंगा दुर्घटनामा मृत्यु भएको छ । अक्टोबर १३ मा भएको डुंगा दुर्घटनामा ३ जना नेपालीहरु बेपत्ता भएकोमा त्यसमा गिरी पनि परेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

डुंगामा ३१ जना सवार रहेकोमा २५ जनाको उद्दार गरिएको थियो भने ६ जना बेपत्ता भएका थिए । उद्दार गरिएका एकजनाको पछि मृत्यु भएको थियो भने बेपत्ता ६ जनामा तीनजना नेपालीहरु र तीनजना दक्षिणी अमेरिकीहरु रहेको जनाइएको छ । तीनजना नेपालीहरुमध्ये अन्य २ जना रुकुमका २५ बर्षीय प्रदीप खत्री र ४० बर्षीय रमेश गौतम रहेका छन् ।

तपाई पनि गोफण्डमी, जेल पेमेन्ट वा सिधा बैंक एकाउन्टमार्फत सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

३५ बर्षीय काले गिरी विना भिसा अमेरिका आउने यात्राका लागि झण्डै १५ महिना अगाडि नेपालबाट हिडेका थिए । दलाललाई लाखौं रकम बुझाएर उनी अमेरिका आउने यात्रामा रहेका थिए । उनका नेपालमा ४ जना छोराछोरीहरु र श्रीमति रहेका छन् ।

जेठा छोरा १७ बर्षका रहेका छन् भने तीन छोरीहरु १५, १४ र १२ बर्षका रहेका छन् । अमेरिका आउनका लागि लाखौं रकम खर्च भएको तथा परिवारमा कमाउने अरु व्यक्ति नभएका कारण आर्थिक समस्या रहेको भन्दै गोफण्डमीमा आर्थिक सहयोगको अपिल गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com