नेपालमा अझै ६ सय ४१ सक्रिय सङ्क्रमित


प्रकाशित मिति : कार्तिक ९, २०७९ बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार एक सय १७ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रिमत फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म १० लाख पाँच सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ८७ हजार आठ सय ६३ जना सङ्क्रमण मुक्त भएका छन् । आज ३५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या छ सय ४१ छ ।

कोरोना सङ्क्रमणबाट हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ ले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com