अक्टोबर ३० मा बाल्टिमोरमा झिंगेदाउ, अनलाइनबाटै टिकट


प्रकाशित मिति : कार्तिक ४, २०७९ शुक्रबार

नेपाली चलचित्र झिंगेदाउ आगामी अक्टोबर ३० मा अमेरिकाको बाल्टिमोरमा देखाइने भएको छ । बाल्टिमोरको होराइजन बेल्टवे मुभिजमा बेलुका ७ बजेर १५ मिनेटमा चलचित्रको विशेष प्रदर्शनी हुने भएको छ ।

टिकटका लागि रोशनलाई ५१० ३०९ ९४७७, तेजलाई २०२ ६७४ ८०५० वा मनिषलाई ४४३ ६०३ २३७६ मा सम्पर्क गर्न सकिनेछ । पेपल एकाउन्टमार्फत अनलाइनमा टिकट लिनका लागि यहाँ क्लीक गर्नुहोला ।

यो चलचित्र नाटककार एवं साहित्यकार भीमनिधि तिवारीको कृति ‘झिंगेदाउ’मा आधारित रहेको छ । चलचित्र ‘मुनामदन’का निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिंगेदाउ’लाई पर्दामा उतारेका हुन् ।

सामाजिक कथामा आधारित यो चलचित्रले पारिवारिक किचलोको कथा भन्छ । बाहिरियाले आँखा लगाउँदा कसरी परिवार भत्किन्छ भन्ने सन्देश चलचित्रमा छ ।

नेपाली पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट, हिउँवाला गौतम, विजय देउजा लगायत कलाकारहरूको मुख्य भूमिका छ । प्रदीप भारद्वाजले यो चलचित्र भीमनिधि तिवारीको छोटो कथा झिंगेदाउमाथि आधारित रहेर लेखेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com