अमेरिका र युरोपमा भाइटीकाको साइत नेपालमा भन्दा एकदिन अगाडि, कहाँ कतिबेला ?


प्रकाशित मिति : कार्तिक ३, २०७९ बिहीबार

person in white long sleeve shirt holding white ceramic plate with food

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा रहेका हिन्दू धर्मालम्बीहरुका लागि भाइटीकाको छुट्टाछुट्टै साइत निकालेको छ ।

समितिको असौज ३० गते बसेको बैठकले विभिन्न देशको समय अनुसार भाइलाई टीका लगाउने साइतको समय निर्धारण गरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्ष डा. माधव भट्टराईले बताए ।

यसले रोजगारका शिलशिलामा विभिन्न देशमा रहेका नेपालीहरुलाई सहयोग पुग्ने उनको भनाइ थियो । मान्छेको बसोवासको आधारमा अक्षांश– देशान्तर, चर आदिलाई तिथि, घडीपलाका आधारमा सूर्यको उदयबाट गणना गरेर त्यो स्थानमा बसोवास गर्ने मानिसले लगाउने टीकाको साइत निर्धारण गर्न सकिन्छ ।

जस अनुसार यसपालिको भाईटीका लगाउने शुभ साइत नेपालमा कार्तिक १० गते अर्थात अक्टोबर २७ तारिख विहान ११ : ३७ बजे शुभ साइत निर्धारण गरिएको छ भने अमेरिकाको न्यूयोर्क अर्थात् पूर्वी भागमा अक्टोबर २६ तारिख दिनको ११ बजेर २५ मिनेटको शुभ साइत रहने जारी विज्ञप्तिमा उल्लेख छ भने वासिंगटन डीसीलगायत मेरिल्याण्ड, भर्जिनियामा ११:३७ बजेको शुभ साईत छ, अमेरिकाकै टेक्सासमा ११: ३३ बजेको साईत शुभ रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी कतारमा ११:०७मा र क्यानडामा ११:३७ बजे नै भाइटीकाको शुभ साइत निर्धारण गरिएको छ । त्यसैगरी क्यालिफोर्नियामा ११: ३१ बजे तथा अस्ट्रेलियाको सिड्नीमा भने अक्टोबर २७ तारिख ११:१५ मा छ भने सोही दिन जापानको टोकियोमा ११:३१ मा निस्केको छ ।

कार्तिक १० गते अर्थात् अक्टोबर २७ तारिख बिहान भारतको नयाँ दिल्लीमा ११:५५ बजे भने सोही दिन मलेसियाको क्वालालम्पुरमा १२:३१ बजे, युएईको अवुधाबीमा ११:४५ बजे समय तोकिएको छ ।

कतारको दोहामा सोही दिन बिहान ११: ०७ बजे, थाइल्याण्डको बैंककमा ११: २५ बजे, दक्षिण कोरियाको सियोलमा ११:१७ बजेको समय तोकिएको छ भने यस्तै, इजरायलको तेलअभिभमा ११: ५५ बजे, सिंगापुरमा ११:५३ बजे, हङकङमा ११:४५ बजे र साउदी अरेबियामा ११: १५ बजेको समय तोकिएको सो समितिले जनाएको छ ।

यसैगरी बेलायतको लण्डन सिटीमा २६ तारिखको ११:१५ बजे छ भने फ्रान्सको पेरिसमा सोही दिन ११:५५ बजेको साईत निस्किएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com