भोलि डेढ दर्जन चर्चित नेपाली कलाकारले न्युयोर्कको डाइभर्सिटी प्लाजामा गाउने, प्रवेश निशुल्क


प्रकाशित मिति : आश्विन २१, २०७९ शुक्रबार

भोलि शनिबार झण्डै डेढ दर्जन चर्चित नेपाली कलाकारले न्युयोर्कको ज्याक्सनहाइटमा रहेको डाइभर्सिटी प्लाजामा गाउने भएका छन् । दिउसो १२ बजेदेखि सुरु हुने नेपाली अमेरिकन म्युजिक फेस्टिभलमा प्रवेश निशुल्क रहेको छ ।

चर्चित नेपाली कलाकारहरु १९७४ एडीका फिरोज स्याङदेन, सपना श्री, दिपेश किशोर भट्टराई, ग्लुमी गाइजका हरि कर्माचार्य, सञ्जिव प्रधान, तिलक बम मल्ल, निशा सुनार, संजोग योञ्जन, बिमल डाँगी, अभय ढुंगेल, रेश्मा सुनुवार लगायतले आफ्ना चर्चित गीतहरु गाउनेछन् भने कार्यक्रमको संचालन चर्चित टेलिभिजन प्रस्तोता सुरज सिंह ठकुरीले गर्नेछन् । कार्यक्रममा न्युयोर्कका चर्चित नेपाली डिजे जाङबुले दर्शकहरुलाई नचाउने भएका छन् ।

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट

नेपाली कला र संस्कृतिको प्रवद्र्धनका लागि गैर नेपालीहरुमाझ समेत नेपाल चिनाउने उद्देश्यले डाइभर्सिटी प्लाजामा कार्यक्रम गर्न लागिएको आयोजकमध्येका एक नवराज केसीले जानकारी दिए । नेपाली झण्डासँगै नेपाली गीतसंगीत प्रस्तुत गरेर नेपाल चिनाउने कार्यक्रमको हिस्सा बन्न पाउँदा आफूलाई खुशी लागेको केसीले बताए ।

कार्यक्रममा सहभागी हुनका लागि आयोजक बुद्ध ट्याक्सका पशुपति श्रेष्ठ र रिभेल इभेन्टसका राजेश हमालले न्युयोर्क र आसपासमा रहेका नेपालीहरुलाई अनुरोध गरेका छन् । कार्यक्रमबारे जानकारी दिन शुक्रबार ज्याक्सनहाइटमा पत्रकार भेटघाट कार्यक्रम गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com