बाग्लुङ समाज अमेरिकाको अध्यक्षमा सकसबहादुर


प्रकाशित मिति : आश्विन १०, २०७९ सोमबार

 

बाग्लुङ समाज अमेरिकाको दोश्रो अधिवेशनले सकसबहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मिन खड्का चयन भएका छन्, भने उपाध्यक्षहरुमा खिम भट्राई, ओमकार शर्मा र सन्तोष खत्री रहेका छन् ।

यस्तै नयाँ गठित कार्यसमितिको महासचिवमा कृष्णराज सुवेदी, कोषाध्यक्षमा शंकर पौडेल, सहकोषाध्यक्षमा हरिबहादुर घर्ती पुन, सचिव मेघनाथ पौडेल, दिपु श्रीस र गंगा सुनार रहेको जानकारी दिईएको छ । यस्तै कार्यक्रम संयोजकमा यमबहादुर सुवेदी प्रकाश चयन भएका छन् ।

महिला संयोजकमा चमेली खाती परियार, महिला उपसंयोजकमा हिरादेवी भट्राईलाई चयन गरिएको जनाइएको छ । सदस्यहरुमा सुजन बस्याल, महदत्त कँडेल, रमेश गौतम, दिपक घिमिरे, चन्द्र नेपाली, कुमार नेपाली, जीवन कँडेल, बिना छन्त्याल, बासु पौडेल र हरिप्रसाद पौडेल रहेका छन् ।

यस्तै नयाँ कार्यसमितिले ११ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको महासचिव कृष्ण सुवेदीले जानकारी दिए । उनका अनुसार विष्णु सुवेदी, हरिप्रसाद शर्मा, गंगा जिसी, डा. होमराज रेग्मी, माधव सुवेदी, गौरीश्वर शर्मा, लाल कुँवर, रणबहादुर केसी, कृष्ण जिसी, प्रकाश श्रेष्ठ र रेणु सुवेदी रहेकी छन् ।

नयाँ कार्यसमितिले बिजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने जानकारी गराईएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com