पाकिस्तानमा बाढीको प्रभाव : डेंगुका बिरामी बढे, २४ घण्टामा हजार बढी नयाँ संक्रमित


प्रकाशित मिति : आश्विन १०, २०७९ सोमबार

पाकिस्तानमा डेंगु फैलिने क्रम जारी छ, मध्य जुनदेखि भारी मनसुन वर्षाका कारण आएको ठूलो बाढी यसको प्रमुख कारण हो। विगत २४ घण्टामा सिन्धभर ४१९ नयाँ डेंगुका संक्रमति थपिएका छन्, तीमध्ये अधिकांश प्रान्तीय राजधानी कराचीमा (३४३) रहेको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय स्वास्थ्य विभागलाई उद्धृत गरेको छ। नयाँ केसहरूसँगै, यस वर्ष सिन्धमा कुल केसहरूको संख्या बढेर ७ हजार ९५१ पुगेको छ।

यसैबीच, पञ्जाब प्रान्तमा ३८५ नयाँ संक्रमित पुष्टि भएका छन्, जसमध्ये लाहोरमा १८६ र रावलपिंडीमा १०० जना रहेका छन् । यस वर्ष पञ्जाबमा डेंगुका कूल सङ्ख्या ४ हजार ९२१ पुगेको छ ।

सोही अवधिमा खैबर पख्तुनख्वामा थप २१३ जनामा ​​डेंगुको संक्रमण देखिएको छ । प्रदेशमा डेङ्गुका कूल सङ्क्रमितको सङ्ख्या ६ हजार ६२५ पुगेको छ । इस्लामाबादमा ८६ जनामा संक्रमण देखिएको छ, यो सँगै कुल संख्या एक हजार ९९१ पुगेको छ ।

सरकारले लामखुट्टेको टोकाइबाट सर्ने रोग फैलिन नदिन जनचेतना जगाउने र हटस्पटमा विशेष उपायहरू अवलम्बन गर्नेलगायत डेंगुविरुद्धको अभियान सुरु गरेको छ । डेंगु लामखुट्टे पानीले भरिएको भाँडो वा जमेको पानीमा बढ्छ। डेंगुको गम्भीर बिरामीमा जोर्नी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, दाग लाग्ने, सास फेर्न गाह्रो हुने, मुखबाट रगत बग्ने जस्ता समस्याले सताउँछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विनाशकारी बाढीका कारण पाकिस्तानको झण्डै ९० प्रतिशत बाली नष्ट भइसकेको अवस्थामा आसन्न र तिव्र रूपमा बिग्रँदै गएको खाद्यान्न संकटलाई मध्यनजर गर्दै व्यापारी तथा आर्थिक विज्ञहरूले सरकारलाई भारतबाट खाद्यवस्तु आयात गर्नका लागि विचार गर्न आग्रह गरेका छन् । “हामी सरकारलाई चारै छिमेकी देशहरूबाट आयात गर्न अनुमति दिन आग्रह गर्दछौं,” पाकिस्तान बिजनेसम्यान एण्ड इन्टेलेक्चुअल फोरम (पीबीआईएफ) द्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com