२०१६ मा अमेरिका पढ्न आएका प्रदीप थापाको मृत्यु, शव नेपाल पठाउन गोफण्डमी


प्रकाशित मिति : आश्विन ८, २०७९ शनिबार

२०१६ मा अमेरिका पढ्न आएका प्रदीप थापाको बुधबार मृत्यु भएपछि शव नेपाल पठाउन गोफण्डमी सुरु गरिएको छ । परिवारका एक मात्र छोरा प्रदीप कनेक्टिकटको ब्रिजपोर्ट विश्वविद्यालयमा स्नातकोत्तर गर्न अमेरिका आएका थिए।

उनी महामारीको सुरुवातदेखि नै मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त थिए र अस्पतालमा एक वर्षभन्दा बढी समय बिताएका थिए।

मृत्युको कारण पेन्डिंग रहेको छ भने अधिकारीहरूले कारण पत्ता लगाउन ८ हप्तासम्म लाग्नसक्ने बताएका छन्। नेपालमा रहेका उनका आमाबुवाले उनको शवलाई हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गर्न नेपाल पठाउन अनुरोध गरेका छन् ।

शवगृहले शव नेपाल पठाउन हवाई भाडा सहित करिब ७५ सय डलर खर्च हुने बताएको छ। थापा परिवारको आर्थिक अवस्था कमजोर भएकाले प्रदीपको शव नेपाल पठाउन कोष जुटाउन सहयोगको अपिल गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको शव कनेक्टिकटमा छ। गोफण्डीमार्फत सहयोगका लागि यहाँ क्लीक गर्नुहोला । 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com