माटोको मूर्ति बनाएर जीविकोपार्जन गर्दै राजेन्द्र राम


प्रकाशित मिति : आश्विन ८, २०७९ शनिबार

– लोकेन्द्रप्रसाद यादव/ सिरहाको सखुवाननकारकट्टी गाउँपालिका–५ इटहर्वाका राजेन्द्र राम बाह्र वर्षको उमेर छँदा माटोको मूर्ति बनाउन थालेका हुन् । हाल उनी ६८ वर्षको भए । देवी देवताको मूर्ति बनाउन रामले झण्डै चार दशक खर्चिए । उनले आवश्यकताअनुसार अन्य मूर्ति पनि बनाउने गरेका छन् ।

सुरुआतमा मूर्ति बनाएर जीविकोपार्जन गर्न राजेन्द्रको परिवारलाई धौ धौ थियो । पछिल्लो समय भने यसबाट राम्रै आम्दानी गर्न सफल भएको उनी बताउँछन् । “जीवन गुजाराको माध्यम यसैलाई बनाएको छु”, रामले भने । रामलीला तथा भजन कीर्तन मण्डलीसमेत सञ्चालन गर्दैआएका उनलाई उक्त क्षेत्रमा नचिन्ने कमै छन् । रामलीला सञ्चालन गर्न उनी सिरहा, सप्तरी, धनुषा तथा भारतको विहारसम्म पुग्छन् ।

आधुनिक जीवनशैलीमा रमाउन थालेपछि माटोको मूर्ति बनाउनेको सङ्ख्या घट्दै गएको छ । तर रामलाई भने मूर्ति बनाउन भ्याइनभ्याइ छ । “युवापुस्ता माटाको मूर्ति बनाउन इच्छुक देखिदैन”, उनले भने ।

हिन्दू परम्परा तथा मिथिलाञ्चलमा मनाइने प्रायःजसो चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग गरिन्छ । चाडपर्वमा माटोबाट निर्मित रङगिविरङ्गी मूर्ति प्रयोग गरिएको छ । विशेषगरी कृष्णाअष्टमी, विश्वकर्मा पूजा, दसैँ, तिहार, छठ, सरस्वती पूजा, जितिया पर्व, गणेश, अनन्तचतुर्दशी, नागपूजा, महायज्ञलगायतमा मूर्ति खपत हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देविदेवताका मूर्ति बनाउन राम बढी सक्रिय रहन्छन् । उनले बुवा मधुलालबाट सो सीप सिकेका छन्। “बुवाकै सङ्गतबाट सबै कुरा सिके”, उनले भने, “पहिला मूर्तिको पारश्रमिक न्यून पाइन्थ्यो, अहिले राम्रै आम्दानी हुन्छ ।” बुवाबाट आफुहुँदै उनले छोरालाई पनि मूर्ति बनाउने सीप बाँड्नु भएको छ । हाल उहाँका ३५ वर्षीय छोरा शिवराम पनि मूर्ति बनाउनमै सक्रिय छन् । उनले पनि बुवा राजेन्द्रबाट सीप सिकिरहेका छन्।

सबैजसोलाई कोरोना महामारीले प्रभावित पारेपनि राजेन्द्रलाई भने यसबाट खासै असर परेन । मूर्ति बनाउन उनलाई कोरोना कहरले पनि छेकेन । “कोरोना सङ्क्रमणका बेला पनि खासै समस्या भएन”, उनले भने, “बनाएका मूर्ति सबै बिक्री भए, छ जनाको परिवारको खर्च यसैबाट चलेको छ ।”

अहिले राजेन्द्र अरुबेला भन्दा बढी व्यस्त छन् । बिहानदेखि रातिसम्म वडादसैँका पूजाका लागि विभिन्न कलात्मक मूर्ति बनाउन व्यस्त छन् । “वर्षमा दुई याम कामको निकै चाप हुन्छ । अहिले नौ ठाउँबाट  मूर्ति बनाउन माग भएको छ”, उनले भने । यसबापत राजेन्द्रले रु आठ लाख ३० हजार पाश्रमिक लिएका छन् । सबै खर्च कटाएर रु पाँच लाख जति नाफा हुने उनको भनाइ छ । राजेन्द्रले छ जनालाई रोजगारसमेत दिएका छन् । उनी भन्छन्, “यही पेशाबाट गुजारा चलाएको छु, केही रकम जोहो पनि गरेको छु ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com