मेरो अमेरिकाको भिसा भएको पासपोर्टको म्याद सकियो, के नयाँ भिसा लगाउनुपर्छ ?


प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार

यदि तपाईको पासपोर्टको म्याद सकिएको छ तर अमेरिका यात्रा गर्नका लागि भिसाको म्याद भने बाँकी नै छ भने तपाई त्यही भिसामा अमेरिका यात्रा गर्न सक्नुहुन्छ । तर तपाईले आफूसँग म्याद नसकिएको नयाँ र भिसा भएको पूरानो दुबै पासपोर्ट बोक्नुपर्छ ।

तपाईको भिसा नष्ट भएको, च्यातिएको हुनुहुँदैन भने जुन प्रयोजनका लागि अमेरिका जान लाग्नुभएको हो, सोही प्रयोजनको हुनुपर्छ । उदाहरणका लागि तपाई घुम्न अमेरिका जान लाग्नुभएको हो भने पर्यटक भिसा प्रयोग गर्नुपर्छ ।

तपाईको म्याद सहितको भिसा भएको पूरानो पासपोर्ट र नयाँ पासपोर्ट एउटै देशको हुनुपर्छ । त्यस्तै पासपोर्टको प्रकार पनि एउटै हुनुपर्छ । यदि तपाईको भिसा कूटनीतिक पासपोर्टमा छ भने नयाँ पासपोर्ट पनि कूटनीतिक नै हुनुपर्छ । नियमित पासपोर्टमा छ भने नयाँ पासपोर्ट पनि नियमित नै हुनुपर्छ ।

अमेरिका प्रवेश गर्ने बेलामा विमानस्थलमा वा सिमानाकामा अधिकारीले तपाईको पूरानो पासपोर्टमा रहेको भिसा चेक गर्नेछन् । त्यसपछि तपाईको नयाँ पासपोर्टमा अर्को पासपोर्टमा भिसा रहेको नोटसहितको छाप लगाउनेछन् ।

तपाईले पूरानो पासपोर्टमा रहेको भिसा उप्काएर नयाँमा टाँस्ने प्रयास नगर्नुहोला । यदि तपाई त्यसो गर्नुभएको खण्डमा तपाईको भिसा रद्द हुनेछ ।

श्रोत: अमेरिकी विदेश मन्त्रालय

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com