अल्जाइमर्स रोग के हो र किन लाग्छ ? यसका ७ वटा लक्षणहरू


प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार

सेप्टेम्बर २१ तारिक अर्थात अन्तर्राष्ट्रिय अल्जाइमर्स दिवस । नेपाल लगायत विश्वभर यो दिन अल्जाइमर्स दिवस मनाँउदै आएको छ । सेप्टेम्बर महिनालाई अल्जाइमरविरुद्धको महिनाका रूपमा मनाउने चलन पनि छ । यो वर्ष २०२२ को नारा चाँही नो डिमेन्सिया नो अल्जाइमर्स रहेको छ । आज विश्वभर अल्जाइमर्स दिवस मनाइएको छ । अल्जाइमरबारे जनचेतना बढाउने उद्देश्ले हरेक वर्षको सेप्टेम्बर २१ तारिखका दिन यो दिवस मनाइन्छ । अल्जाइमर एक प्रकारको डिमेन्सिया हो ।

जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यवहार अनि अभिव्यक्तिलाई असर गर्दछ । सुरुवातमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका रूपमा देखिने अल्जाइमरले पछि गएर स्मरण शक्तिमा पूर्णतः हालसम्मको अवस्था निम्त्याउने गर्दछ । डिप्रेसन, हाइपर टेन्सन, टाउकोमा गहिरो चोट लाग्नु र ७० प्रतिशत वंशाणुगतका कारण यो रोग लाग्ने गर्दछ ।

अत्यन्त व्यस्त जीवनशैली र आफ्नो लागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरिक व्यायामको कमी जस्ता कारणहरूले पनि अल्जाइमरको जोखिम बढाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ५ करोड मानिसहरुलाई बिर्सने रोग अर्थात अल्जाइमर छ । अबको ३० वर्षमा विश्वमा १५ करोड भन्दा धेरै मानिसलाई डिमेन्सिया हुने डब्लूएचओले जनाएको छ । सन २०१५ को विश्व अल्जाइमर्स तथ्यांकले विश्वमा प्रत्येक तीन सेकेण्डमा एक व्यक्तिमा डिमेन्सिया भैरहेको देखाएको छ । उक्त अध्ययन अनुसार नेपालमा पनि ७८ हजार अल्जाइमर्सका विरामी थिए । जुन प्रत्येक २० बर्षमा दोब्बर हुने अनुमान गरिएको छ । समयमै स्वास्थ्य सुरक्षा नअपनाउंदा उक्त समस्या आइपर्ने गुनासो छ ।

अल्जाइमर्स भएपछि व्यक्तिले सिकेका सबै सीप बिर्सँदै गएर दैनिक जीवन चलाउन नै समस्या हुने डाक्टर रमेश कँडेलले बताउछन् । बिर्सने रोग भिटामिनको कमी, डिप्रेशन, लामो समय जाँडरक्सी खाने व्यक्ति, परिवारबाट माया नपाउने र उमेर ढल्किँदै गएपछि लाग्ने रोग भएको डाक्टर कँडेल बताउछन् । सुत्न नसक्नु वा निन्द्रा कम लाग्नु पनि अल्जाइमर्सको लक्षण हो । सुरुमा के कारणले रोग लागेको हो भन्ने थाहा पाउन सके डिमेन्सियाअन्तर्गत पर्ने बिर्सर्ने रोग मध्य केही केहीको भने उपचार सम्भव भएको डाक्टर कँडेल बताउछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दैनिक व्यायाम, सन्तुलित भोजन, सामान्य जीवनशैली, जीवनबाट सन्तुलित अपेक्षा अनि दैनिक योगाभ्यास गर्नाले अल्जाइमरवाट बच्नसकिने चिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । अल्जाइमर रोगको शंका लागेमा नजिकको स्वास्थ्य चौकी, जिल्ला अस्पताल वा प्राथामिक स्वास्थ्य चौकी मा गई सरसल्लाह लिन सकिन्छ ।

सबैजसो जेष्ठ नागरिकलाई बुढेसकालमा बिर्सने समस्या त हुन्छ नै । तर यतिबेला उनीहरुलाई परिवारको माया, मोह र स्नेहको आवश्यकता पर्छ । खानपानमा विशेष ध्यान दिनु पर्छ । यति गर्न सकियो भने बिरामीलाई आत्मविश्वास बढ्नुका साथै जटिल समस्या आउनबाट बचाउन सकिन्छ । एकपटक अल्जाइमर भइसकेको मान्छेलाई औषधी गरेर सामान्य रूपमा फर्काउन असम्भव हुन्छ, तसर्थ अल्जाइमर रोग विरुद्ध लड्न हामी सबैले जनचेतना अनि जीवनशैलीमा केही सुधार गर्न जरुरी देखिन्छ ।

यी हुन् अल्जाइमर रोगका लक्षणः

१ स्मरणशक्ति गुम्नु

यो अल्जाइमर्स भएका व्यक्तिमा देखिने मुख्य लक्षण हो । बिर्सनु आफैँमा रोग होइन । तर, अल्जाइमर्सका बिरामीले बारम्बार अर्थात भर्खर भनेका कुरा पनि बिर्सन्छन् । बिरामीले आफ्नै घरको बाथरुमदेखि भर्खरै बोलेको मानिस चिन्दैनन् ।

२ मुल्यांकनमा कठिनाई

सामान्य अन्दाज गर्न समेत नसक्नु अल्जाइमर्स रोगको अर्को लक्षण हो ।

३ डिप्रेस र मन परिवर्तन
कुनै व्यक्तिको मुड परिवर्तन भइरहन्छ र प्रायः निराश देखिन्छ भने उसलाई भित्रभित्रै अल्जाइमर्सले गाँजेको हुनुपर्छ । डिप्रेसन अल्जाइमर्स रोगको पूर्व लक्षण हो ।

४ निर्णय क्षमतामा ह्रास

कसैले निर्णय गर्न सक्दैन वा मनमा दुविधा मात्र राख्छ भने पनि अल्जाइमर्सको लक्षण हो ।

५ ध्यान नहुनु

अल्जाइमर्सका बिरामीमा नियमित काममा कत्ति पनि ध्यान हुँदैन । उसले यसअघि गरेका काम सबै बिर्सन्छ । उसको सबै दिनचर्या नै खलबलिन्छ ।

६ बोल्न कठिनाई

अल्जाइमर्सका बिरामीले राम्रोसँग बोल्नै सक्दैनन् । तसर्थ, कसैसँग बोल्दा राम्रोसँग बाक्य बनाउन सकिँदैन वा बोल्दा धक लाग्छ भने त्यो पनि अल्जाइमरको अर्को लक्षण हो ।

७ मनमा छटपटी

मन स्थिर नहुनु, छटपटी बढ्नु, एउटै स्थानमा केहीबेर पनि बस्नु नसक्नु अल्जाइमर्सका लक्षण हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com