सेना परिचालनपछि देश छोड्न बाध्य रूसी नागरिकलाई जर्मनीले आश्रय दिने


प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको आंशिक सेना परिचालनका क्रममा मानिसहरू रूसबाट पलायन भएको समाचार आइरहेको छ ।

जर्मनीले रूसी नागरिकहरूलाई आफ्नो देशमा शरण दिन जर्मनीका अधिकारीहरूले बिहीबार सङ्केत गरेका छन् ।

“गम्भीर दमनको खतरामा परेका रूसी जनताले शरण मागेमा अन्तर्राष्ट्रिय नियम अनुसार उनीहरूले जर्मनीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्,” गृहमन्त्री न्यान्सी फेसरले फ्रैंकफर्टर अल्गेमाइन जेइटुङ पत्रिकासँगको अन्तवार्तामा बताउनुभएको छ ।

न्यायमन्त्री मार्को बुशम्यानले ‘आंशिक परिचालन’लाई सङ्केत गर्दै ट्वीट गर्दै भन्नुभएको छ, “धेरै रूसी नागरिकले आफ्नो मातृभूमि छोड्दैछन् । पुटिनको बाटोलाई घृणा गर्ने र उदार लोकतन्त्रलाई माया गर्ने जो कोहीलाई जर्मनीमा स्वागत छ ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com