न्युयोर्कबासीले पनि महँगीसँग जुध्न २७० डलर सम्मको राहत चेक पाउने, को को हुनेछन् योग्य?


प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार

लगभग १७ लाख न्युयोर्कवासीहरूले अक्टोबर ३१ भन्दा अगाडि नै २७० डलर सम्मको राहत चेक पाउने भएको छ । राज्यमा मुद्रास्फीतिको बोझ कम गर्न डेमोक्रेटिक गभर्नर क्याथी होचुलको प्रयासको एक भागको रूपमा यो राहत पठाइने भएको हो । चेकको रकम कति हुने भन्ने कुरा आम्दानीमा भर पर्नेछ ।

चेक कहिले कहिले पठाउनेभन्नेबारे समयतालिका बताइएको छैन । तर प्रायलाई अक्टाबर ३१ अगाडि नै पठाइने जनाइएको छ । यो राहत चेक ४७५ मिलियन डलरको कर राहत कार्यक्रमको एक हिस्सा हो जुन न्यूयोर्कका सांसदहरूले सेप्टेम्बर ८ मा सार्वजनिक गरेका थिए ।

ट्याक्स फाइल गर्दा एम्पायर स्टेट चाइल्ड क्रेडिट वा अर्नड इन्कम क्रेडिट प्राप्त गर्ने योग्य न्युयोर्कवासीहरूले राहत चेक पाउनेछन् । योग्यहरूले राहत चेक प्राप्त गर्न कुनै कदम चाल्नुपर्दैन । उनीहरुलाई राज्यद्वारा स्वत पठाइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२१ को ट्याक्स फाइल गर्नेहरुमा बच्चा नभएका कम आम्दानी भएकाहरुले अर्नड इन्कम ट्याक्स क्रेडिट अन्तरगत १५ सय डलरसम्मको क्रेडिट प्राप्त गरेका थिए जुन सन् २०२० को तुलनामा झण्डै तेब्बर हो । गतबर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको १ दशमलव ९ बिलियन डलरको अमेरिकन रेस्क्यु प्लानमा क्रेडिट विस्तार गर्नुका साथै आम्दानीको मापदण्ड बढाइएको थियो ।

तपाई २०२१ को आम्दानीले योग्य नभएपनि २०१९ को आम्दानी प्रयोग गरेर समेत यो क्रेडिट दावी गर्न सकिने व्यवस्था थियो । जुन बर्षको आम्दानी छनौट गर्दा धेरै रकम पाइनेछ, त्यो बर्षको आम्दानी छनौट गर्न सकिने व्यवस्था थियो । उक्त अर्नड इन्कम ट्याक्स क्रेडिट पाएकाहरुले यो २७० डलरको राहत चेक पनि पाउनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com