स्कुलको होमवर्क नगरेको भन्दै बाबुले १२ वर्षीय छोरालाई मट्टितेल छर्केर आगो लगाए,बालकको उपचारको क्रममा मृत्यु


प्रकाशित मिति : आश्विन ४, २०७९ मंगलबार

 

स्कुलको ‘होमवर्क’ नगरेको भन्दै पाकिस्तानमा एक व्यक्तिले आफ्नो १२ वर्षीय छोरालाई आगो लगाएका छन् । सेप्टेम्बर १४ मा ओराङ्गी टाउनमा नाजिर नामका एक व्यक्तिले घरमा रहेको छोरा शाहीरमाथि मट्टितेल छर्केर आगो लगाएको कुरा ‘डॉन’ न्यूजले लेखेको छ । बालककी आमाको उजुरीका आधारमा बाबुलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ । गम्भीर रूपमा जलेका बालकको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

रिपोर्टका अनुसार आरोपीलाई सोमबार न्यायिक मजिस्ट्रेट समक्ष पेश गरी अदालतले सेप्टेम्बर २४ सम्म प्रहरी हिरासतमा पठाएको छ । रिपोर्टमा भनिएको छ , प्रारम्भिक अनुसन्धानको क्रममा आरोपी नाजिरले अनुसन्धानकर्ताहरूलाई आफ्नो छोराको हत्या गर्ने मनसाय नरहेको बताए। छोराले विद्यालयको गृहकार्य नगरेको भन्दै आफुलाई डराउनका लागि मट्टितेल छर्केको आरोपितले बताए । आरोपितले केटालाई डराउन सलाई बालेको तर तेलले आगो लागेर केटा नराम्ररी जलेको बताए ।

प्रहरीका अनुसार शाहीरले गृहकार्य पूरा गर्नुको साटो चङ्गा उडाउन बाहिर जान आग्रह गर्दा नाजिर रिसाए । नाजिरले आफ्नो अपराध स्वीकार गरेका छन् । ओराङ्गी टाउन कराती सहर हो, जहाँ ३० लाख मानिस बस्छन्। यसलाई एसियाकै ठूलो बस्ती पनि भनिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com