निर्वाचनको खर्च विवरण नबुझाउने बालेन र हर्क साम्पाङलगायतका मेयरलाई जरिबाना


प्रकाशित मिति : आश्विन ४, २०७९ मंगलबार

निर्वाचन आयोगले पालिका चुनाव–२०७९ अन्तर्गत खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण नबुझाएका उनीहरुको नाम सार्वजनिक गरेको आयोगले जनाएको छ ।

आयोगको शुक्रवार बसेको बैठकले महानगरपालिकाका मेयर तथा उपमेयरलाई जनही साढे ७ लाख रुपैयाँ दरले जरिबाना तिराउने निर्णय गर्दै खर्च विवरण नबुझाउने जनप्रतिनिधि तथा सबै उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

खर्चको विवरण नबुझाउनेमा काठमाण्डौ महानगरपालिका मेयर बालेन्द्र शाहसँगै उपमेयर सुनिता डङ्गोल, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल तथा उपमेयर चित्रसेन अधिकारी, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला तथा उपमेयर शिल्पा कार्की, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा उपमेयर इस्तियाज आलम र पोखराका मेयर धनराज आचार्य रहेका छन् ।

निर्वाचन खर्चको विवरण बुझाउनेमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर मञ्जली शाक्य तथा पोखरा महानगरपालिकाका उपमेयर मञ्जु गुरुङ रहनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईसहित ७ उपमहानगरपालिकाका ११ जना मेयररउपमेयरले जनही साढे ५ लाख रुपैयाँ जरिबाना तिनुपर्ने भएको छ ।

खर्च विवरण नबुझाउने महानगरपालिकाका वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदवारले जनही तीन लाख, उपमहानगरका वडाअध्यक्ष तथा सदस्यले जनही साढे दुई लाख र नगरपालिकाका मेयर तथा उपमेयरले ४ लाख ५० हजार तथा वडाअध्यक्ष, सदस्यले दुई लाख रुपैयाँ बुझाउनुपर्नेछ ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले जनही साढे तीन लाख र वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदरवारले १ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ । निर्वाचित जनप्रतिनिधिले ६ महिनाभित्र तोकिएको जरिबाना नतिरे उनीहरुलाई कानुनी व्यवस्था अनुसार नै पदमुक्त गरिने निर्वाचन आयोगले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com