नियाग्रा फल्स नेपाल फेस्टिवलमा जानेलाई एकसय डलरमा आवतजावत, होटल र खाना


प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार

हामी नेपाली ग्लोवलको आयोजनामा नियाग्रा फल्समा हुन लागेको नेपाल फेस्टिवलमा सहभागी हुने नेपालीलाई एकसय डलरमा आउनेजाने १ रात बस्ने र २ दिन खाने व्यवस्था मिलाइने भएको छ । अक्टोबर १ र २ मा हुने नेपाल फेस्टिवलमा सहभागी हुन सबै नेपालीलाई अनुरोध गर्दै आयोजकले यस्तो जानकारी दिएका हुन् ।

समाजका डाइरेक्टर अफ पब्लिक रिलेशन अफिसर तथा नेपाल फेस्टिवलका आर्थिक संयोजक शोभाकान्त पाण्डेले आउने–जाने तथा १ रात २ दिनका लागि बस्ने खाने खर्च १०० डलरमा मिलाउने जानकारी दिएका हुन् ।

थप जानकारीका लागि पोष्टरमा दिइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

संस्थाका अध्यक्ष अमृत लामाले नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटक भित्राउन तथा नेपाली उत्पादन विश्व बजारमा प्रवद्र्धन गर्ने उद्धेश्यले फेस्टिबलको आयोजन गर्न लागेको जानकारी दिए । उनले उक्त कार्यक्रम विशुद्ध सामाजिक कार्य भएकोले यसलाई राजनीतिक तथा धार्मिक रुपमा नभएर नेपाल र नेपालीका लागि आयोजना गर्न लागिएको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com