आनुवंशिक रूपमा परिमार्जित नयाँ खालको बैजनी टमाटर अमेरिकी बजारमा आउँदै


प्रकाशित मिति : आश्विन २, २०७९ आईतबार

अमेरिकाको डिपार्टमेन्ट अफ एग्रिकल्चरले आनुवंशिक रूपमा परिमार्जित बैजनी रंगको टमाटरलाई बजारमा लैजान स्वीकृति दिएको छ । रातो टमाटरको भन्दा धेरै स्वास्थ्य लाभहरू भएको र धेरै समय नबिग्रने दावी गरिएको यो टमाटर केही समयपछि ग्रोसरी स्टोरहरुमा देखिने भएको छ ।

टमाटर जस्तै स्वाद, टमाटर जस्तै गन्ध, र टमाटर जस्तै आकार भएपनि यसको रंग भने बैजनी रहेको छ । आनुवंशिक रूपमा परिमार्जित बैजनी टमाटरको अनुमोदन पछि यो अर्को वर्ष अमेरिकी पसलहरूमा बेच्नको लागि राखिने अपेक्षा गरिएको छ ।

यो टमाटर ब्रिटिश बायोकेमिस्ट क्याथी मार्टिन सहित वैज्ञानिकहरूको टोलीद्वारा विकसित गरिएको हो । मुसामा गरिएको परीक्षणमा बैजनी टमाटर खाने क्यान्सर भएको मुसा सामान्य टमाटर खाने भन्दा ३० प्रतिशत लामो बाँच्ने अध्ययनले देखाएको थियो ।

परम्परागत रातो टमाटर

केही समयदेखि आनुवंशिक रूपले परिमार्जित खाद्यान्नहरूमा ध्यान केन्द्रित गरिएपनि उपभोक्ताहरूका लागि आनुवंशिक रूपमा परिमार्जित खाना खाने फाइदाहरू अस्पष्ट छन्। यद्यपी बैजनी टमाटर खाने नखाने छनौट उपभोक्ता आफैले गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैजनी टमाटरको लागि अर्को चरण एफडीएबाट स्वीकृति र व्यावसायीकरण हो । एफडीएले स्वीकृति दिएपछि त्यसलाई उत्पादन गर्न र वितरण गर्न उत्पादकहरूसँग काम गरिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com