चीनले युक्रेन मामिलामा सन्तुलित अडान राखेकोमा धन्यवाद दिँदै पुटिनले भने,’एकध्रुवीय विश्व निर्माण गर्ने अमेरिकी प्रयास असफल हुन्छ’


प्रकाशित मिति : भाद्र ३१, २०७९ शुक्रबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जीन पिङबीच भेटवार्ता भएको छ । भ्लादिमिर पुटिन र सी जिनपिङसँगको सांघाई सहयोग संगठनको बैठकमा पुटिनले युक्रेनमाथिको युद्धमा चीनको चासोलाई औंल्याएका छन् ।  पुटिनले युक्रेन संकटमा चीनको ‘चिन्ता’बुझेको बताए।

पुटिनले ‘सन्तुलित अडान’ कायम राखेकोमा चीनलाई धन्यवाद पनि दिए र ‘एकध्रुवीय विश्व निर्माण गर्ने अमेरिकी प्रयासहरू’ असफल हुने बताए। जिनपिङले चीन रुससँग ‘महाशक्ति’ जस्तै काम गर्न इच्छुक रहेको बताए । युक्रेनका विभिन्न क्षेत्रमा रुसी सेनाले आफ्नो शक्ति गुमाउँदै गएका बेला साङ्घाई सहयोग संगठन (एससीओ) बैठकको छेउमा यी दुई नेताबीच भेट भएको हो ।

चीनले रुसको आक्रमणलाई खुलेर समर्थन गरेको छैन तर रुससँगको व्यापार बढेको छ र सम्बन्धमा सुधार आएको छ । पुटिन र जिनपिङबीच यसअघि बेइजिङमा भएको शीतकालीन ओलम्पिकमा भेट भएको थियो।

‘हामी युक्रेन संकटमा हाम्रा चिनियाँ साथीहरूको सन्तुलित अडानलाई उच्च सम्मान गर्छौं र उनीहरूले युक्रेनको स्थितिमा चीनको ‘प्रश्न र चासोु बुझ्छन्,’पुटिनले सीलाई भने।

चीनद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पुटिनले भने, ‘विश्वभर धेरै परिवर्तनहरू भइरहेका छन्, तर परिवर्तन नभएको एउटा कुरा रुस र चीनबीचको मित्रता हो। रुस र चीनबीचको साझेदारी पहाडजस्तै बलियो छ । रुस र चीन दुवैले समान र राम्रो अन्तर्राष्ट्रिय परिस्थितिको लागि काम गरिरहेका छन् र यो अन्तर्राष्ट्रिय सम्बन्धको लागि उदाहरण हो। रुस एक चीन नीतिको पक्षमा रहेको र चीनको मामिलामा अन्य देशको हस्तक्षेपको निन्दा गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com