युक्रेनका राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना


प्रकाशित मिति : भाद्र ३०, २०७९ बिहीबार

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ । कार दुर्घटनामा परेको सरकारका प्रवक्ता सर्गेई निकिफोरोभले जानकारी दिएका हुन् ।

मिडियासँग संक्षिप्त कुराकानी गर्दै सर्गेई निकिफोरोभले भने, एक निजी कारसँग राष्ट्रपति सवार भएको गाडी ठोक्किएको थियो। उनले भने ‘राष्ट्रपतिलाई डाक्टरले चेकजाँच गरेका छन् र उनलाई कुनै गम्भीर चोटपटक लागेको छैन । राष्ट्रपतिको गाडीसँग ठोक्किएको निजी कारका मालिक पनि घाइते भएका छन् । उनलाई उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो ।

यस दुर्घटनाका सबै पक्षको विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । प्रवक्ताले थप विवरण भने दिएका छैनन् । यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युक्रेनी सेनाले रुसको कब्जाबाट मुक्त गराएको इजियम सहर पुगेका थिए ।

आफ्नो भ्रमणका क्रममा जेलेस्कीले रुसमाथि आक्रमण गर्ने सैनिकलाई धन्यवाद दिए । यस बाहेक उनले युक्रेनको झण्डा फहराउने कार्यक्रममा पनि भाग लिएका थिए । युक्रेनी अधिकारीहरूले उनीहरूले डोनबासका क्षेत्रहरूलाई लक्षित गरेको बताएका छन्।

हालैका दिनहरूमा, युक्रेनी सेनाले रूसी सेना रहेको धेरै क्षेत्रहरू कब्जा गरे, त्यहाँबाट उनीहरूले रूसी सेनालाई पराजित गर्न सफल भएका छन् । जेलेन्स्कीले खार्किभको ८,००० वर्ग किलोमिटर क्षेत्रमा आफ्नो पकड बलियो भएको बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com