बहिनीको उपचारका लागि बैंकले खाताबाट पैसा निकाल्न नदिएपछि बेरुतकी युवतीले अपनाईन यस्तो तरिका


प्रकाशित मिति : भाद्र २९, २०७९ बुधबार

लेबनानको बेरुतस्थित बैंक शाखामा केही कामदारहरू लिएर आएकी एउटी महिला बुधबार खेलौना पेस्तोल लिएर आइपुनि र आफ्नो बैंकको जम्मा रकमबाट अमेरिकी डलर १३ हजार निकालेकी थिइन्। साली हाफिजले स्थानीय अल-जादीद टिभीलाई बताइन् ,उनलाई  क्यान्सर भएकी बहिनीको  उपचारको लागि  पैसाको खाँचो थियो । हाफिजले भनिन् कि उनी विगतमा धेरै पटक बैंकमा आफ्नो कोष माग्न गएकी थिइन् तर उनलाई लेबनानी पाउन्डमा मात्रै प्रति महिना २०० डलर निकाल्न सक्ने भनिएको थियो। हाफिजले खेलौना भएको पेस्तोल आफ्नो भतिजाको भएको बताइन ।

टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा हाफिजले भनिन् ‘मैले यसअघि बैंकका शाखा प्रबन्धकलाई पैसाको लागि अनुरोध गरेको थिएँ र मैले उहाँलाई भनेकी थिएँ कि मेरी बहिनी मर्दैछ, मसँग धेरै समय छैन। म यस्तो बिन्दुमा पुगेको थिएँ जहाँ मसँग गुमाउनको लागि अरू केही थिएन।’ लेबनानका नगद संकटमा परेका बैंकहरूले २०१९ देखि विदेशी मुद्रा निकासीमा कडा सीमा लगाएका छन्, लाखौं मानिसहरूको बचत बैंकहरूमा अड्किएको छ।

हफिज र निक्षेपकर्ताहरूको समूह ‘डिपोजिटर्स आउटक्राइ’का कार्यकर्ताहरू बीएलओएम बैंकको शाखामा आएर सिधै प्रबन्धकको कार्यालयमा घुसे। उनले बैंकका कर्मचारीहरूलाई १२,००० अमेरिकी डलर र लेबनानी पाउण्ड बराबर १,००० अमेरिकी डलर तिर्न बाध्य पारे।

मिर्गौला बेच्ने सोचमा रहेकी हफिजले उक्त बैंकमा आफ्नो कुल २०,००० अमेरिकी डलर बचत रहेको बताईन । उनले आफ्नो धेरै व्यक्तिगत सामान बेचिसकेकी छिन् र २३ वर्षीया बहिनीको क्यान्सरको उपचारका लागि मिर्गौला बेच्ने सोचमा रहेको बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com