बङ्गलादेशको राजधानीमा भारी वर्षा, होचो स्थानका बस्तीमा डुबान


प्रकाशित मिति : भाद्र २९, २०७९ बुधबार

बङ्गलादेशको राजधानी ढाकाका केही भागमा बुधबार भएको मध्यमदेखि भारी वर्षाका कारण गहिरो क्षेत्रका बस्तीहरू जलमग्न बनेका छन् ।

बर्षाका कारण सडक यातायात अवरुद्ध भएको छ ।

दुई करोडभन्दा बढी जनसङ्ख्या रहेको यस सहरका केही भागका सडक, गल्ली र सहायक गल्लीहरूमा करिब दुई फिट गहिरो पानी जमेको छ । यसले गर्दा यात्रुहरूलाई निकै सास्ती भएको छ ।

ढाकामा पछिल्लो २४ घण्टा अर्थात् स्थानीय समयअनुसार बुधबार बिहान ६ बजेसम्म ५३ मिलिमिटर वर्षा भएको देशको मौसम विज्ञान विभागले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बङ्गलादेशमा मनसुन सक्रिय रहेकाले देशभर मध्यमदेखि भारी वर्षासमेत भएको छ ।

बङ्गलादेशको मौसम विज्ञान विभाग (बीएमडी) ले आगामी २४ घण्टामा शहर र उपनगरीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com