न्युयोर्कको ब्रुकलिन समुद्री तटमा साढे ३ महिनाकी बालिकासहित ३ बालबालिकाको शव फेला


प्रकाशित मिति : भाद्र २८, २०७९ मंगलबार

न्युयोर्कको ब्रुकलिन समुद्री तटमा ३ बालबालिकाको शव फेला परेको छ । अधिकारीहरूले मृत्युको अनुसन्धान गरिरहेका छन् ।

ती बालबालिकाहरु सोमबार समुन्द्री किनारमा मृत फेला परेका थिए । परिवारका एक सदस्यले उनीहरूको सुरक्षाको बारेमा चिन्ता व्यक्त गरेपछि खोजी गर्दा उनीहरुको शव भेटिएको हो ।

मृतक भेटिनेमा ७ वर्षीय बालक, ४ वर्षीया बालिका र एक साढे तीन महिनाकी बालिका समेत छन् । उनीहरुको शव ब्रुकलिनको कोने आइल्याण्डमा फेला परेको थियो ।

ती बालबालिकाकी आमा एउटी ३० वर्षीया महिला भएको र उनको मनोवैज्ञानिक मूल्याङ्कन भइरहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले सोधपुछ गरेको थियो । उनलाई सोमबार बिहान कोने आइल्याण्डको छेउमा रहेको ब्राइटन बीचमा भेटिएपछि अस्पताल भर्ना गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनलाई कुनै अपराधको आरोप लगाइएको छैन । बालबालिकामाथि यस अगाडि दुर्व्यवहार वा बेवास्ताको कुनै संकेत छैन ।

प्रहरीले सोमबार परिवारकै सदस्यबाट ९११ मा फोन कल प्राप्त गरेको थियो । तीन साना बच्चाहरूलाई आमाले हानि पुर्‍याएको हुनसक्ने भन्दै फोन आएको थियो ।

प्रहरी अपार्टमेन्टमा पुग्दा आफूलाई तीन बच्चाहरू मध्ये एकको बुबा बताउने व्यक्तिले आफू चिन्तित भएको बताएका थिए । ती महिला र तीन बालबालिका कोने आइल्याण्डको बोर्डवाकमा रहेको ती व्यक्तिले प्रहरीलाई बताएका थिए ।

त्यसपछि करिब ९० मिनेटसम्म प्रहरी अधिकारीहरूले समुद्र तट, सडक र स्थानीय अस्पतालमा खोजी गरेका थिए । त्यसपछि अर्को फोनकल आयो । प्रहरी घटनास्थलमा पुग्दा महिलालाई भेटाएका थिए । तर त्यहाँ बालबालिकाहरु थिएनन् ।

जमिन, हवाइ र बन्दरगाह इकाइहरू मार्फत खोजी जारी थियो। झण्डै ३ घण्टापछि अधिकारीहरूले बच्चाहरूलाई कोने आइल्याण्डको समुन्द्री किनारमा अचेत अवस्थामा फेला पारे ।

बच्चाहरू फेला परेको स्थान र महिला फेला परेको स्थान करिब २ माईलको फरकमा रहेको छ । उक्त स्थान उनको अपार्टमेन्टको आधा माइल दक्षिणमा छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com