१ लाख भन्दा कम आम्दानी भएका परिवारका विद्यार्थीलाई न्युजर्सीको प्रिन्सटन युनिभर्सिटी निशुल्क


प्रकाशित मिति : भाद्र २६, २०७९ आईतबार

शीर्ष अमेरिकी विश्वविद्यालयहरू मध्ये एक न्युजर्सीको प्रिन्सटन युनिभर्सिटीमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि नयाँ अफर ल्याइएको छ । बार्षिक १ लाख डलरभन्दा कम आम्दानी हुने परिवारका विद्यार्थीहरुले प्रिन्सटन युनिभर्सिटीमा निशुल्क अध्ययन गर्न पाउने भएका छन् ।

न्यु जर्सीको प्रिन्सटन युनिभर्सिटीले कम आम्दानी भएक परिवारहरूले अव यो प्रतिष्ठित विद्यालयमा जानको लागि कुनै शुल्क तिर्नु नपर्ने घोषणा गरेको छ । यो युनिभर्सिटीमा पूर्व प्रथम महिला मिशेल ओबामा, अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश सोनिया सोटोमायर, जोर्डनकी महारानी नूर र जेफ बेजोस लगायतले अध्ययन गरेका थिए ।

यस अगाडि बार्षिक ६५ हजारभन्दा कम कमाउने परिवारका विद्यार्थीलेमात्र पूर्ण आर्थिक सहायता कभरेज प्राप्त गर्थे। अब युनिभर्सिटीका २५ प्रतिशतभन्दा भन्दा बढी स्नातक वा १५ सय विद्यार्थीहरूले निशुल्क पढ्न पाउनेछन् । जसले ट्युशन, कोठा र बोर्डको पूर्ण लागत कभर गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइभी लिग विश्वविद्यालयमा एक वर्षको ट्युसनको लागत लगभग ८० हजार डलर रहेको छ । विश्वविद्यालयको आर्थिक सहायता विस्तारले १ लाख ५० हजार सम्म कमाउने परिवारहरूलाई पनि मद्दत गर्नेछ ।

सबै पृष्ठभूमिका प्रतिभाशाली विद्यार्थीहरूले प्रिन्सटन शिक्षा मात्र नभई आफूहरुको क्याम्पस र त्यसभन्दा बाहिरको संसारमा फस्टाउन सक्ने सुनिश्चित गर्ने आफूहरुको प्रतिबद्धता रहेको प्रिन्सटनका अध्यक्ष क्रिस्टोफर एल आइसग्रुबरले बताएका छन् । पूर्व छात्र र साथीहरूको निरन्तर उदारताले यो सम्भव भएको उनले बताएका छन् ।

२०२३ को फलमा प्रिन्स्टनमा अध्ययन सुरु हुने विद्यार्थी नयाँ र सुधारिएको वित्तीय सहायता योजनाबाट लाभान्वित हुने पहिलो समुह हुनेछन् । विश्वविद्यालयले वार्षिक विद्यार्थी शुल्क पनि हटाएको छ । साथै व्यक्तिगत खर्च र पुस्तकहरूको लागि वित्तीय सहायता भत्ता बढाइएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com