चार्ल्स तृतीयलाई आधिकारिक रूपमा बेलायतको राजा घोषणा, विलियम आजदेखि ‘प्रिन्स अफ वेल्स’


प्रकाशित मिति : भाद्र २५, २०७९ शनिबार

चार्ल्स तृतीयलाई आधिकारिक रूपमा बेलायतको राजा घोषणा गरिएको छ । सेन्ट जेम्स दरबारमा शनिबार आयोजित एक ऐतिहासिक समारोहमा उनलाई नयाँ महाराजाको राज्याभिषेकको घोषणा गरिएको हो । महारानी एलिजाबेथ द्वितीयका जेठा छोरा ७३ वर्षीय चार्ल्स आफ्नी आमाको मृत्युपछि स्वभाविक रुपमा महाराजा बनेका हुन् । महारानीको निधनको २४ घण्टा भित्र परम्परागत रूपमा राज्याभिषेक परिषद्को बैठक बोलाईन्छ । तर, महारानीको मृत्युको घोषणामा ढिलाइ भएका कारण शुक्रबार समारोह आयोजना गर्न पर्याप्त समय थिएन ।

महाराजा चार्ल्स तृतीयको नयाँ उपाधीको सार्वजनिक रूपमा घोषणा गर्ने प्रक्रिया धेरै चरणहरूमा पूरा भयो । नयाँ महाराजाको राज्याभिषेकको घोषणापछि स्वर्गीय महारानीको निधनमा शोकमा झुकेका झण्डाहरू पूर्ण रूपमा फहराइएको थियो । यो कार्यक्रम पहिलो पटक टेलिभिजनमा प्रशारण भएको थियो । राज्याभिषेक परिषद्मा वरिष्ठ क्याबिनेट मन्त्रीहरू, न्यायाधीशहरू र चर्च अफ इङ्गल्याण्डका मानिसहरू हुन्छन् ।

विलियम बने ‘प्रिन्स अफ वेल्स’ 
परिषद्मा महाराजा राजा चाल्र्सले व्यक्तिगत रूपमा रानीको मृत्युको घोषणा गरे र स्कटल्याण्डको चर्चको रक्षा गर्ने शपथ लिए । समारोहमा चार्ल्सकी पत्नी क्यामिलाले भाग लिएकी थिइन्, जो अहिले महारानीको पत्नी भइन् । महाराजाका छोरा विलियम पनि यसमा सामेल भए, जसले अहिले प्रिन्स अफ वेल्सको उपाधि पाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शोकमा बेलायत
रानीको निधनपछि बेलायतमा शोकको माहौल छ । आगामी दिनहरुमा पनि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमहरु हुँदैछन् । आउँदो केही दिनमा, रानीको शव पहिले बालमोरलबाट एडिनबर्ग र त्यसपछि लन्डनमा ल्याइनेछ । उनको यहाँ वेस्टमिन्स्टर एबेमा दाहसंस्कार गरिनेछ । यो कार्यक्रम सेप्टेम्बर १९ मा हुने अपेक्षा गरिएको छ । रानी एलिजाबेथ फ्रान्सको राजा लुइस १४ औं पछि दोस्रो व्यक्ति हुन्, जसले यति लामो शासन गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com