यस्तो छ शाही परिवारको वंशवृक्ष र उत्तराधिकारीको सूची


प्रकाशित मिति : भाद्र २४, २०७९ शुक्रबार

बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको बिहीबार स्कटल्याण्डमा निधन भएको छ । उनको उमेर ९६ वर्ष थियो । महारानी एलिजाबेथ द्वितीयले ७० वर्ष शासन गरेकी थिइन् । महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि पूर्व राजकुमार चार्ल्स अब बेलायतको नयाँ राजा हुनेछन् । योसँगै उनकी श्रीमती क्यामिला पार्कर अब देशको नयाँ महारानी हुनेछिन् । संसारको सबैभन्दा पुरानो जीवित शाही परिवारमा कुल २२ सदस्यहरू छन् र सबै सिंहासन प्राप्त गर्न तयार छन्। यो ज्येष्ठता क्रम उनीहरूको उमेरले होइन, वंशानुगत रूपमा निर्धारण गरिन्छ। आउनुहोस् जानौं बेलायती राजपरिवारको वंशवृक्ष के हो ?

बेलायती शाही परिवारको वर्तमान वंश रानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सुरु हुन्छ। उनीहरुको विवाहबाट ४ सन्तान जन्मिए । जसका नाम चार्ल्स, एनी, एन्ड्रयू र एडवर्ड हुन्। तिनीहरूमध्ये, चार्ल्स जेठा थिए। उनलाई अब बेलायतको नयाँ राजा घोषणा गरिएको छ, वंशमा जेठो भएकोले। जबकि उनकी श्रीमती क्यामिला पार्करलाई अब देशको नयाँ रानी भनिनेछ।

राजा चार्ल्सका २ छोरा छन् । जसमा जेठोको नाम राजकुमार विलियम र कान्छोको नाम प्रिन्स ह्यारी रहेको छ । प्रिन्स विलियमले केट मिडलटनसँग विवाह गरेका छन् र उनका २ छोरा र एक छोरी छन्। कान्छो छोरा प्रिन्स ह्यारीले अभिनेत्री मेगन मार्कलसँग विवाह गरेका छन् । उनको विवाहमा परिवारका सदस्यहरु खुसी थिएनन् । त्यसपछि उनले सन् २०२० को जनवरीमा बेलायती राजपरिवारबाट अलग भए । उनका दुई छोरा छन् ।

महारानी एलिजाबेथ द्वितीयको दोस्रो छोराको नाम प्रिन्स एन्ड्र्यू हो। उनी ड्यूक अफ योर्कको उपाधि राख्छन्। उनको जन्म १९६९ मा भएको हो । उनका २ छोरी छन् । उनी उत्तराधिकारको दौडमा ९ औं स्थानमा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रिन्स एडवर्ड महारानी एलिजाबेथ द्वितीयका तेस्रो छोरा हुन्। उनीसँग अर्ल अफ वेसेक्सको उपाधि छ। उहाँ सन् १९६४ मा जन्मनुभएको थियो र सिंहासन आरोहण गर्ने १३ औँ नम्बरमा छ । उनका एक छोरा र एक छोरी छन् ।

प्रिन्स फिलिप र रानी एलिजाबेथको पनि राजकुमारी रोयल एनी नामको छोरी छिन्। उनले २ विवाह गरे । प्रिन्स पिटर फिलिप्स र जारा टिन्डल उनका छोराछोरी हुन्। प्रिन्स पिटर फिलिप्सका दुई छोरी छन् भने जारा टिन्डलका २ छोरी र १ छोरा छन् ।

ब्रिटिश राजतन्त्रको उत्तराधिकारको क्रम यस्तो हुनेछ :

१.  प्रिन्स विलियम: चार्ल्स र स्वर्गीय राजकुमारी डायनाको जेठो छोरा। उनले क्याम्ब्रिजको डचेस केटसँग विवाह गरेका छन्। उहाँका तीन छोराछोरी उहाँको उत्तराधिकारी लाइनमा आउँछन्।

२. प्रिन्स जर्ज: क्याम्ब्रिजको राजकुमार, उनी २०१३ जुलाईमा जन्मिए ।

३. राजकुमारी चार्लोट : क्याम्ब्रिजको राजकुमारी, उनको जन्म २०१५ मेमा भएको हो ।

४. प्रिन्स लुइस :  क्याम्ब्रिजको राजकुमार, उनी २०१८ अप्रिलमा जन्मिए ।

५. प्रिन्स ह्यारी :  चार्ल्स र डायनाको कान्छो छोरा।

६. आर्ची माउन्टबेटन-विन्डसर :  ह्यारी र मेघनको छोरा, उनी २०१९ मेमा जन्मिए ।

७. लिलिबेट माउन्टबेटन- विन्डसर : ह्यारी र मेगनको सन्तान, उनी २०२१ जुनमा जन्मिन् ।

८. प्रिन्स एन्ड्र्यू: रानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपको दोस्रो छोरा।

९. राजकुमारी बीट्रिस: एन्ड्र्यू र उनकी पूर्व पत्नी सारा फर्ग्युसनकी जेठी छोरी।

१०. सिएना एलिजाबेथ: बीट्रिस र एडोआर्डो म्यापेली मोजीकी छोरी, उनी २०२१ सेप्टेम्बरमा जन्मिन् ।

११. राजकुमारी युजेनी: एन्ड्रयू र सारा फर्ग्युसनकी कान्छी छोरी।

१२. अगस्ट ब्रूक्सबैंक: फेब्रुअरी २०२१ मा जन्मिएको, युजेनी र जेम्स ब्रूक्सबैंकको सन्तान।

१३. प्रिन्स एडवर्ड : एलिजाबेथ र फिलिपको कान्छो छोरा।

१४. जेम्स :  एडवर्ड र उनकी पत्नी सोफीको छोरा।

१५. लेडी लुइस माउन्टबेटन-विन्डसर : एडवर्ड र सोफीकी छोरी।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com