अमेरिकी विदेशमन्त्री अकस्मात युक्रेनको राजधानीमा, ३ बिलियन डलरको हतियार र आर्थिक सहायता घोषणा


प्रकाशित मिति : भाद्र २३, २०७९ बिहीबार

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार युक्रेनको राजधानी कीभको अघोषित र अकस्मात भ्रमण गर्दै रूस आक्रमणको सामना गरिरहेको युक्रेनलाई मद्दत गर्न लगभग ३ बिलियन डलरको हतियार र आर्थिक सहायताको घोषणा गरेका छन् ।

युक्रेनका असाधारण फ्रन्ट लाइन रक्षकहरुले आफ्नो देशको स्वतन्त्रताको लागि साहसी भई लडाई जारी राखेको बताउदै ब्लिन्केनले युक्रेनका जनतालाई सहयोग जारी राख्ने बताएका छन् । बिहिबार घोषणा गरिएको बिहीबार घोषणा गरिएको २ दशमलव ८७ बिलियन भन्दा बढी सहायता सँगै अमेरिकालेले युक्रेनलाई फेब्रुअरी २४ यता साढे १३ बिलियन डलर सहयोग गरिसकेको छ ।

ब्लिन्केनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गरेपछिको प्रेस ब्रीफिंगको क्रममा युक्रेनी नेताले सहयोगका लागि बाइडेन प्रशासनलाई धन्यवाद दिएका छन् । अमेरिका हामीसँग र हाम्रो लागि छ भन्ने कुरा भनेको हाम्रो क्षेत्र, हाम्रो भूमि फिर्ता गर्ने सबै सम्भावनाको ग्यारेन्टी भएको जेलेन्स्कीले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस वर्षको फेब्रुअरीमा द्वन्द्व सुरु भएयता ब्लिन्केनको यो युक्रेनी राजधानीको दोस्रो यात्रा हो। छ महिनाभन्दा बढीको द्वन्द्वमा देशको भ्रमण गर्ने बाइडेन प्रशासनका उनी उच्च पदस्थ अधिकारी हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिलेसम्म त्यहाँ यात्रा गरेका छैनन् यद्यपि राष्ट्रपतिसँग फोनवार्ता भने भएको छ । रूसले गत फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही शुरु गरे यता पश्चिमा देशहरूले यस युद्धलाई अप्रत्याशित युद्धको संज्ञा दिदै मस्कोमाथि कयौं नाकाबन्दी लगाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com