ओबामाको आधिकारिक पोट्रेट अन्ततः ह्वाइट हाउसमा अनावरण


प्रकाशित मिति : भाद्र २२, २०७९ बुधबार

अमेरिकामा पूर्व राष्ट्रपतिहरू र प्रथम महिलाहरूको आधिकारिक व्हाइट हाउस तस्विर नयाँ राष्ट्रपतिले अनावरण गर्दै आएको परम्परा रहेको छ । तर डोनाल्ड जे ट्रम्प सत्तामा हुँदा बराक ओबामा र मिशेल ओबामाको तस्विर अनावरण समारोह आयोजना गरिएन ।

ओबामाको आधिकारिक तस्विर अन्ततः बुधवार ह्वाइट हाउसको पूर्वी कोठामा ट्रम्पपछिका राष्ट्रपति बाइडेनद्वारा अनावरण गरिएको छ । उक्त समारोहमा बोल्दै ओबामाले अत्यन्तै खुशी लागेको र आफ्नो प्रशासनका धेरै सदस्यहरूसँग पुनर्मिलन जस्तो महसुस भएको बताएका छन् ।

व्हाइट हाउस हिस्टोरिकल एसोसिएसनको पहलमा बनाइएका तस्वीरहरु र कलाकारहरूको पहिचान गोप्य राखिएको थियो । पूर्व राष्ट्रपति बराक ओबामाको तस्विर रोबर्ट म्याककर्डीले र पूर्व प्रथम महिला मिशेल ओबामाको तस्वीर शेरोन स्प्रंगले बनाएको जनाइएको छ ।

ओबामाले कलाकारहरूको प्रशंसा गरेका छन् । मिशेलको बारेमा मनपर्ने सबै कुराहरू तस्वीरमा राखेकोमा शेरोन स्प्रङलाई धन्यवाद दिए भने आफ्नो तस्वीर बनाउने धेरै गाह्रो विषय रोजेकोमा रोबर्ट म्याककर्डीलाई धन्यवाद दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इस्ट रुममा तस्वीरको औपचारिक अनावरणका लागि राष्ट्रपति बाइडेन उनकी पत्नी जिलसँग सामेल भएका थिए । जहाँ उनीहरूले ओबामाप्रतिको आफ्नो स्नेह देखाए । घरमा स्वागत छ भन्दै ओबामाका उपराष्ट्रपति भइसकेका बाइडेनले ओबामा परिवारलाई न्यानो अभिवादन गरेका थिए ।

पूर्व राष्ट्रपतिका तस्वीरहरु सामान्यतया नयाँ राष्ट्रपतिको पहिलो कार्यकालमा अनावरण गरिन्छ। ओबामाको मामलामा ट्रम्पले गर्नुपर्ने थियो । तर ट्रम्पले समारोहको आयोजना नै गरेनन् । ओबामा राष्ट्रपति हुँदा फरक राजनीतिक विचारधाराको बाबजुद सन् २०१२ मा उनले पूर्व राष्ट्रपति जर्ज डब्लु बुशको तस्वीर अनावरण समारोह आयोजना गरेका थिए ।

बाइडेनले ट्रम्पको लागि कार्यक्रम कहिले आयोजना गर्ने भन्ने स्पष्ट छैन । यसबारेको प्रश्नमा ह्वाइटहाउसले ती प्रश्नहरू व्हाइट हाउस हिस्टोरिकल एसोसिएसनतिर सोझिने बताएको छ । व्हाइट हाउस हिस्टोरिकल एसोसिएसनले पूर्वराष्ट्रपति र उनीहरूका जीवनसाथीको लागि आधिकारिक चित्रहरूमा प्रक्रियाको नेतृत्व गर्ने भएकाले त्यसको जवाफ उनीहरुसँग भएको बताइएको थियो ।

बाइडेन र ट्रम्प बीचको राजनीतिक दुश्मनी गहिरो र सार्वजनिक रहेको छ । दुई व्यक्तिहरू अझै पनि २०२४ को चुनावमा एकअर्काको बिरूद्ध सामना गर्न सक्नेछन् । यो अवस्थामा उनीहरुले एकसाथ रमाइलो समारोह गर्ने सम्भावना कम देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com