चक्रवातको चेतावनीपछि पूर्वी चीनमा फेरी सेवा बन्द, जापान र कोरिया पनि प्रभावित हुन सक्ने


प्रकाशित मिति : भाद्र १९, २०७९ आईतबार

हिमनोर चक्रवातको प्रभावबाट बच्न पूर्वी चीनका सहरहरूमा जाने डुंगा लगायतका सम्पूर्ण सेवाहरु स्थगित गरिएको छ। यो भीषण चक्रवातले जापान, ताइवान र कोरियालाई पनि असर गर्न सक्छ ।

सांघाईले आइतवार फेरी सेवाहरू बन्द गरेको छ र जोखिमपूर्ण क्षेत्रहरूबाट ट्राफिक हटाउन र उद्धारकर्मीहरूलाई सहयोग गर्न ५० हजार प्रहरी खटाएको छ।

पूर्वमा अवस्थित व्यापार केन्द्र वानझाउमा सोमबारका लागि तय गरिएका सबै शैक्षिक कक्षाहरू स्थगित गरिएको छ। चक्रवात हिनामोर २०२२ मा अहिलेसम्मको सबैभन्दा शक्तिशाली चक्रवाती आँधी हो र यो पूर्वी चीन सागरतर्फ सर्ने भविष्यवाणी गरिएको छ।

जापानको ओकिनावाबाट मानिसहरूलाई बाहिर निकालिएको छ र उडानहरू स्थगित गरिएको छ। चक्रवातका कारण कोरियाली प्रायद्वीपमा भारी वर्षाको सम्भावना रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हङकङ अब्जर्भेटरीका अनुसार चक्रवातको अधिकतम हावा गति १७५ किलोमिटर प्रतिघण्टा हुनसक्छ। चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले आइतबार बिहान १० बजे ‘पहेँलो चेतावनी’ जारी गर्दै उत्तरपूर्वी प्रान्त झेजियाङ, सांघाई र ताइवानमा भारी वर्षा हुने भविष्यवाणी गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com