अमेरिकामा कसरी सुरु भयो लेबर डे ? यसबारे थाहा पाउनुपर्ने केही कुराहरु


प्रकाशित मिति : भाद्र १९, २०७९ आईतबार

धेरै अमेरिकीहरूको लागि लेबर डे तीनदिने सप्ताहन्त हो, जुन गर्मीको अन्त्य र विद्यालय वर्षको सुरुवात हो।

आजकल छुट्टी समुद्र तट वा पोखरीमा पौडी खेलेर, पार्कमा रमाइलो गरेर वा सिजनको पहिलो कलेज फुटबल खेलहरू हेरेर पनि मनाउन सकिन्छ। तर यो बिदा कसरी आयो ? यसबारे कैयनलाई थाहा नहुन सक्छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ लेबरका अनुशार सेप्टेम्बरको पहिलो सोमबार अमेरिकी कामदारहरूको सामाजिक र आर्थिक उपलब्धिहरूको उत्सवका रुपमा छुट्टी मनाइन्छ।

यो छुट्टी उन्नाइसौं शताब्दीको उत्तरार्धसँग सम्बन्धित छ । जतिबेला श्रमिक अधिकारकर्मीहरुले अमेरिकाको बल, समृद्धि र कल्याणमा कामदारहरूले गरेका धेरै योगदानहरूलाई मान्यता दिन संघीय बिदाको लागि दबाब दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो संघीय छुट्टी हुनु अघि लेबर डे श्रमिक अधिकारकर्मीहरु र केही राज्यहरुद्वारा मात्र मान्यता प्राप्त थियो। सन् १८८७ को फेब्रुअरी २१ मा लेबर डे लाई मान्यता दिने कानुन पारित गर्ने पहिलो राज्य ओरेगन थियो । त्यो वर्ष थप चार राज्यहरू कोलोराडो, म्यासाचुसेट्स, न्युजर्सी र न्युयोर्कले समान कानूनहरू पारित गरे।

सन् १८९४ सम्म २३ थप राज्यहरूले लेबर डे अपनाए । सन् १८९४ को जुन २८ मा अमेरिकी संसदले प्रत्येक वर्षको सेप्टेम्बरको पहिलो सोमबारलाई कानुनी छुट्टी बनाउने एक बिल पारित गरेको थियो । र राष्ट्रपति ग्रोभर क्लिभल्याण्डले यसमा हस्ताक्षर गरे।

लेबर डेको संस्थापक को हो भन्ने पूर्ण रूपमा स्पष्ट छैन, तर दुई जना कामदारले यसको उत्पत्तिमा ठोस दाबी गर्न सक्छन्। केही रेकर्डहरूका अनुशार सन् १८८२ मा ब्रदरहुड अफ कार्पेन्टर्स एन्ड जोइनर्सका महासचिव र अमेरिकन फेडरेशन अफ लेबरका सह संस्थापक पिटर जे म्याकगुइरले सम्मानको लागि श्रमिकको सम्मानका लागि एक दिन छुट्याउने सुझाव दिएका थिए ।

तर श्रम दिवसको इतिहासमा म्याकगुइरको स्थानलाई चुनौती भने नदिइएको होइन । धेरैले म्याकगुइरेले नभई मेसिनिस्ट म्याथ्यू म्यागुइरले छुट्टीको स्थापना गरेको विश्वास गर्छन् ।

कुनै विवाद नभएको देखाउन म्यागुइर र म्याकगुइरे दुबै जनाले त्यस वर्ष न्युयोर्क शहरमा देशको पहिलो श्रम दिवस परेडमा भाग लिएका थिए ।

अमेरिका निर्माणमा योगदान दिने श्रमिकप्रतिको सम्मान

अमेरिकाको श्रम आन्दोलनप्रतिको सम्मानका साथमा अमेरिकाको विकाश र उपलब्धीमा श्रमिकको काम र योगदानको कदर गर्दै अमेरिकामा लेबर डे मनाइन्छ ।

 

सन् १८८२ मा न्युयोर्कको युनियन स्क्वायरमा आयोजित लेबर डे परेड

पहिलो पटक लेबर डे सन् सन् १८८२ को सेप्टेम्बर ५ मा मनाइएको थियो । त्यसपछि सन् १८८३ को सेप्टेम्बर ५ मा केन्द्रीय लेबर युनियनले दोश्रो लेबर डे को आयोजना गरेको थियो । सन् १८९४ मा संसदबाट बिल पारित भएपछि अमेरिकामा लेबर डे ब्यापक रुपमा मनाउन थालिएको हो । अमेरिकनहरुले लेबर डे उत्सव, परेड र पिकनिकका साथ मनाउने गर्छन् ।

लामो विदा हुने भएकाले लेबर डेलाई पारिवारिक घुमफिरका लागि पनि उपयोग गरिन्छ । अमेरिका श्रमको सम्मान हुने मुलुकका रुपमा परिचित भएकाले लेबर डेलाई विशेष रुपमा हेरिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com