हजुरबुबाआमाको हत्या गर्ने अमेरिकाको विस्कन्सिनका किशोरलाई ४० वर्षको जेल सजाय


प्रकाशित मिति : भाद्र १९, २०७९ आईतबार

आफ्ना हजुरबा हजुरआमालाई गोली हानी हत्या गर्ने विस्कन्सिनका एक किशोरलाई शुक्रबार आजीवन जेल सजाय सुनाइएको छ। अलेक्ज्याण्डर एम क्राउसले न्यूनतम ४० वर्षको जेल सजाय भोग्नुपर्नेछ । त्यसपछि उनी पर्यवेक्षित रिहाइको लागि निवेदन दिन योग्य हुनेछन्।

उनले सन् २०१९ मा हजुरबा हजुरआमालाई गोली हानी हत्या गरेका थिए । सन् २०१९ को अप्रिल १४ मा १७ वर्षीया क्राउसले प्रहरीमा फोन गरी आफ्नो घरमा हजुरबा हजुरआमाको हत्या गरेको रिपोर्ट गरेका थिए ।

हत्या भएको दुई दिनपछि दायर गरिएको आपराधिक उजुरी अनुसार उनले आफूलाई पक्राउ गर्न आवश्यक भएको बताएका थिए । अधिकारीहरू घरमा आउँदा ७४ बर्षका डेनिस क्राउस र ७३ वर्षीया लेह क्राउसको शव फेला पारेका थिए ।

प्रहरीले खोजतलास गर्दा किशोरको झोला फेला पारेका थिए जसमा हजुरबुबा हजुरआमाको हत्या गर्ने योजना थियो। उक्त किशोरलाई आउटगामी काउन्टी जेलमा पहिलो डिग्री आशययुक्त हत्याको दुईवटा मुद्दामा हिरासतमा लिइएको थियो । क्राउसले सुरुमा दुवै अभियोगमा दोषी स्वीकार गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूले हजुरबा हजुरआमालाई माया गर्ने र उनीहरुको हत्या गरेकोमा माफी चाहने बयान उनले अदालतमा दिएका थिए । जुन २०२१ को बयानका क्रममा क्राउसले आफ्नो मानसिक रोगको कारणले आफूले गरेको गल्ती बुझ्न नसकेको बताएका थिए । तर जुरीले त्यसलाई स्वीकार गरेन ।

क्राउस दोषी पाइएपछि आउटगामी काउन्टी न्यायाधीश मिचेल मेट्रोपुलोसले उनको सजाय रोकेका थिए । न्यायाधीशले सुरुमा क्राउसको उपचारको आदेश दिएका थिए । सजाय सुनाउनु अगाडि क्राउसले तीनवटा मूल्याङ्कनहरू पार गरेका थिए ।

विसकन्सिनको कानून अन्तर्गत न्यायाधीशले क्राउसलाई पहिलो डिग्री हत्याको लागि आजीवन जेल सजाय दिन आवश्यक थियो। यद्यपी क्राउसले कहिले पर्यवेक्षणमा रिहाका लागि निवेदन दिन सक्छन् भनेर निर्धारण गर्ने निर्णय न्यायाधिस मेट्रोपुलोसको थियो।

काउन्टीको जिल्ला अधिवक्ता मेलिन्डा टेम्पेलिसले क्राउसलाई रिहाइको सम्भावना बिना नै आजीवन कारावासको सजाय दिन अनुरोध गरेकी थिइन् । क्राउसले विद्यालयमा विद्यार्थीहरूलाई हानि पुर्‍याउने थप योजनाहरू बनाएको उनीहरुको तर्क थियो ।

टेम्पेलिसले क्राउसका हजुरबा हजुरआमाको हत्या र त्यसपछिको गिरफ्तारीले उनलाई आफ्ना सहपाठीहरूलाई हानि पुर्‍याउनबाट रोकेको कुरामा जोड दिएकी थिइन् । तर क्राउसका वकिल जर्ज पेटिटले क्राउसलाई २० वर्षको जेल सजायपछि रिहा गर्न योग्य हुन अनुरोध गरेका थिए ।

अब २० वर्षको उमेरका क्राउसले आफ्नो बाँकी जीवन जेलमा बिताउने भएका छन् । न्यायाधीशले ती किशोरलाई दुईवटा आरोपहरूमध्ये प्रत्येकको लागि कम्तिमा २० वर्षको जेल सजाय तोकेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com