क्यानडाको सास्काचेवानमा १३ स्थानमा छुरा प्रहारबाट १० को मृत्यु, १५ घाइते, २ संदिग्ध फरार


प्रकाशित मिति : भाद्र १९, २०७९ आईतबार

क्यानडाको सास्काचेवान प्रान्तमा चक्कु प्रहारको शृंखलाबद्ध आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा अन्य १५ जना घाइते अस्पतालमा भर्ना भएका छन् ।

दुई संदिग्धहरू आइतवार साँझसम्म फरार रहेका छन् । जेम्स स्मिथ क्री नेसन र वेल्डन गाउँमा १३ वटा छुट्टाछुट्टै स्थानमा छुरा प्रहार भएको प्रहरीले जनाएको छ।

प्रहरीले ३१ वर्षीय डेमियन स्यान्डरसन र ३० वर्षीय माइल्स स्यान्डरसनलाई खोजि गरिरहेको छ । डेमियन स्यान्डरसन ५ अग्लो७ इन्च र करिब १५५ पाउण्ड तौल भएको बताइएको छ। प्रहरीले माइलेस स्यान्डरसन ६१ इन्च अग्लो र २०० पाउन्ड रहेको बताएको छ। उनीहरुले कालो निसान रग गाडी चलाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पीडितहरूलाई संदिग्धहरूले लक्षित गरेको देखिन्छ तर अरूलाई अनियमित रूपमा आक्रमण गरिएको देखिन्छ। घटनाको कुनै कारण अहिलेसम्म खुलेको छैन ।

तस्वीरमा फरार २ संदिग्ध

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com