अमेरिका : विमान घन्टौं उडाएपछि दुर्घटना गराउने धम्की दिने पाइलट हिरासतमा (भिडियो)


प्रकाशित मिति : भाद्र १८, २०७९ शनिबार

अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा  विमान चोरेर घण्टौंसम्म आकाशमा घुमाएपछि  दुर्घटना गराउने धम्की दिने   पाइलटलाई प्रहरी  हिरासतमा लिइएको छ ।

सहरको वालमार्ट स्टोरमा दुर्घटना गराउने धम्की दिने ती पाइलटले विमानलाई सुरक्षित रूपमा अवतरण   गरेपछि हिरासतमा लिइएको गभर्नर टेट रिभ्सले जानकारी दिए । मिसिसिपीका गभर्नर टेट रिभ्सले घटनामा कोही पनि घाइते नभएको ट्वीट गरेका छन्।

हिरासतमा रहेका पाइलटलाई ‘चोरी गर्ने र आतंकवादी धम्की दिने अभियोग लगाइएको छ,’ टुपेलोका प्रहरी प्रमुख जोन क्वाकाले शनिबार दिउँसो पत्रकारहरूलाई भने।  विमान पाइलट मिसिसिपीको श्याननका कोरी वेन प्याटरसन भएको प्रहरीले बताएको छ ।

प्रहरी प्रमुखका अनुसार,प्याटरसनले तुपेलो विमानस्थलबाट बिहान ५ बजेको केही समयपछि उडान भरेका थिए । सिटि, र त्यसको लगत्तै विमानबाट ९११ लाई फोन गरेर उनले शहरको वालमार्टमा दुर्घटना गराउने धम्की थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्याटरसनले बिहान ९: ३२ मा विमानबाट आफ्नो फेसबुक पेजमा ‘अलविदा’सन्देश पोस्ट गरेको प्रहरी बताएको छ ।  प्रहरी भन्छ ‘सबैलाई माफ गर्नुहोस्। वास्तवमा कसैलाई चोट पुर्याउन चाहँदैनन्। म मेरो आमाबुबा र बहिनीलाई माया गर्छु यो तपाईंको गल्ती होइन। अलविदा’ प्याटरसनले आफ्नो पोस्टमा लेखे। तर अहिले उनको फेसबुक पेज एक्टिभ छैन । मेसेज पोस्ट भएको समयको वरिपरि, ‘हामीलाई थाहा भयो ईन्धन सकिन लागेको थियो’क्वाकाले भने।

‘बिहान १०:०८ मा, एफएएले विमानसँग राडार सम्पर्क गुमाएको थियो। बिहान १०:१२ मा, हाम्रो वार्ताकारले पाइलटसँग पुनः सम्पर्क स्थापित गर्‍यो। पाइलटले उनी मैदानमा अवतरण भएको पुष्टि गरे, र उनी सकुशल थिए,’ उनले भने। । फेडरल एभिएसन एडमिनिस्ट्रेशनका अनुसार विमान मिसिसिपीको रिप्लेको रिप्ले एयरपोर्टको उत्तरपश्चिममा अवतरण भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com