आगामी बर्षदेखि न्युयोर्क सिटीमा मेट्रो कार्ड र मेट्रो कार्ड मेसिनहरु हटाइने


प्रकाशित मिति : भाद्र १८, २०७९ शनिबार

न्युयोर्क सिटीको मेट्रो ट्रेनमा मेट्रोकार्डहरू २०२३ सम्ममा हटाएर ट्याप गरेर भाडा तिर्ने ओम्नी प्रणाली पूर्णरुपमा लागु गर्ने योजनासँगै मेट्रो कार्ड मेसिनहरु पनि हटाइते भएको छ । न्युयोर्कवासीहरूको यात्राको अभिन्न अंग बनेका ती मेसिनहरु पनि आगामी बर्षदेखि हटाइने भएका छन् ।

न्युयोर्क म्यागजिनले हालै ती मेसिनहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । जसले स्मार्टफोन वा क्रेडिट कार्डबाट कन्ट्याक्टलेस भुक्तानी गर्न नसक्नेहरूका लागि नयाँ प्रकारको कार्ड जारी गर्न नयाँ भेन्डिङ मेसिनहरू जडान गरिने भएको छ । सन् २०२३ को सुरुमा त्यस्ता मेसिनहरु जडान गरिने भएको छ ।

person standing inside terminal

सन् २०२३ को अन्तिमसम्म पूर्णरुपमा नयाँ मेसिन जडान गरेर स्वाइप गर्ने पूरानो मेट्रो कार्ड र मेसिनहरु विस्थापित गर्ने योजना रहेको छ । यसलाई न्युयोर्क सिटीको मेट्रो प्रणालीमा एउटा युगको अन्त्यका रुपमा लिइएको छ । किनभने यी मेसिनहरू सन् १९९९ देखि न्युयोर्क सिटीका सबवे स्टेशनको हिस्सा भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com