नेपाल चिनाउन अक्टोबर २ मा नायग्रा फल्समा नेपाल फेस्टिभल


प्रकाशित मिति : भाद्र १४, २०७९ मंगलबार

Niagara Falls with lights and overlooking view of buildings during nighttime

नेपालको पर्यटन प्रवर्धन गर्न अमेरिका र क्यानाडाको सिमानामा पर्ने नायग्रा फल्समा नेपाल फेस्टिभल आयोजना गरिने भएको छ । आगामी अक्टोबर २ मा हामी नेपाली ग्लोबलको आयोजनामा फेस्टिभल हुन लागेको हो ।

नेपालमा विश्वभरका पर्यटक भित्र्याउन पहल गर्ने, नेपालको उत्पादनलाई अन्तर्रराष्ट्रिय बजारमा प्रवर्धन गर्ने तथा थप बजारको सम्भावना खोज्ने लगायतका लक्ष्यहरुसहित नेपाल फेस्टिभल गर्न लागिएको संस्थाका सभापति अमृत लामाले जानकारी दिए।

संसार भरबाट नायग्रा फल्समा आउने लाखौँ पर्यटकहरुको माझ नेपालको कला संस्कृति प्रवर्धन गर्नका लागि केही राम्रो काम गर्न सकियोस् भन्ने उदेश्यले फेस्टिभल गर्न लागिएको सभापति लामाले बताए ।

फेस्टिवलमा नेपालका विशेष पर्यटकिय क्षेत्रको फोटो प्रदर्शन तथा नेपालको पर्यटन प्रवर्धनको लागि तयार गरिएको लामो ट्रक पनि उक्त पुग्नेछ।

हामी नेपाली ग्लोबलका प्रवक्ता केशवराम राईले क्यानडामा भएका नेपाली संघ संस्था र अमेरिकामा संघ संस्थाका बीचमा सहकार्यका लागि समिति बनाएर हरेक वर्ष नायग्रा फल्समा यस्ता कार्यक्रम गर्दा नेपाल र नेपालीलाई विश्वभर चिनाउन सकिने र नेपालमा पर्यटक भित्र्याउन सहयोग पुग्ने बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com