‘आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर…’ भन्दै नाचिन उर्जामन्त्री भुसाल (भिडियो)


प्रकाशित मिति : भाद्र ८, २०७९ बुधबार

दिनहुँजसो राजनीतिक कार्यक्रम र भेटघाटमा व्यस्त रहने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल आज भने  महिला  नेता र विद्यार्थीहरुसँग छमछमी नाचेकी छिन् ।

अखिल (क्रान्तिकारी) केन्द्रिय छात्रा विभागले आयोजना गरेको तीज विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनी ‘आधा संसार यो धर्ती तिम्रै हो चिन्ता नगर’ भन्दै  महिला नेता तथा विद्यार्थीहरुसँग नाचेकी हुन् ।

प्रायः वैचारीक कार्यक्रममा भाग लिन रुचाउने नेकपा (माओवादी केन्द्र) कि उपमहासचिव समेत रहेकी भुसाल एक सार्वजनिक कार्यक्रममा हात हल्लाउँदै कम्मर भाँचेर नाचेको दृश्यले सहभागी तथा दर्शकमा रमाइलो अनुभूति गराएको छ ।

गित सांगीतको तालमा ताल नमिलाए पनि उनीसँग नाच्न पाउँदा महिला नेता निकै प्रफूल्ल देखिन्थे ।  सधै उनको भाषण र पार्टी प्रशिक्षणमा ताली बजाउने महिला र विद्यार्थीहरु आज उनी नाचेकोमा थाली पीटिरहेका थिए । दृष्य हेर्न लायक थियो ।

संशस्त्र जनयुद्धसँग केन्द्रीत ‘जंगल धाउने चेलीहरु हिमाल चढ्न आँट गर, बच्चा पाउने मेसिन होइन्, संघर्षशील नारी बन… आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर…’ भन्ने गीतमा उनी सँगै माओवादी निकट महिलाहरु पनि नाचेँकी छन् । उनी नाचेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरुले  हुटिङ्ग गरेका थिए ।

हेर्नुहोस् भिडियो :

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com