नेपाली नोट चलाउँदाको गौरव


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

कैलाली-कञ्चनपुर र भैरहवा-तौलिहवातिरका मानिसहरू त्यसबेला ‘हाम्रो प्रधानमन्त्री को भन्दा जवाहरलाल नेहरू’ भन्थे । त्यति मात्र होइन, तराईका सबै जिल्लामा भारतको एकछत्र प्रभाव थियो । भाषा-संस्कृतिको त के कुरा, दैनन्दिनको कारोबारमा समेत उनीहरू भारतीय मुद्रा चौवन्नी/अठन्नी चलाइरहेका थिए ।

म नेपाल राष्ट्र ब्यांकको गभर्नर हुनुको खास उद्देश्य मुलुकभर िनेपाली रुपियाँ चलनचल्तीमा ल्याउनु र नेपाली रुपियाँ एवं भारतीय रुपियाँबीचको सटही दरमा स्िथरता कायम गर्नु थियो । राष्ट्र ब्यांक पनि सोही उद्देश्यले स्थापना गरएिको थियो । किनभने, त्यसबेला नेरु र भारुको सटही दरमा स्िथरता कायम नगरी तराईमा नेपाली मुद्रा सर्वस्वीकार्य हुन सक्दैनथ्यो । कति दर कायम गरेमा नेरु र भारुबीच असीमित परवित्र्यता कायम हुनसक्छ भन्ने यक्ष प्रश्न पनि हाम्रा अगाडि उपस्िथत थियो । यस प्रसंगमा तत्कालीन ब्यांक रसिर्च विभागका प्रमुख गोविन्दप्रसाद लोहनी र यूएसआईडी एवं फोर्ड फाउन्डेसन अन्तर्गत विज्ञका रूपमा नेपालमा कार्यरत प्रोफेसर ट्वेटको वैचारकि योगदान उल्लेख्य छ ।

त्यसबेला तराई मात्र होइन, काठमाडौँमै पनि भारतीय मुद्राको बिगबिगी थियो । तराईमा त भारतीय रुपियाँमै कारोबार हुन्थ्यो । काठमाडौँमा भैरवथानको सराफी पसल -पीयुषबहादुर अमात्यका बुबाद्वारा सञ्चालित), राजभण्डारीहरू अनि मखनका सुन साहूहरू सराफी थिए । लाहुरेहरूले पेन्सन थापेर आउने बेलामा भारुको सटही दर घटाएर किन्थे र दसैँका बेलामा मालताल झिकाउनुपर्ने हुनाले भारुको सटही दर बढाएर बेच्ने काम हुन्थ्यो । पछि त त्यो -सटही दर) सट्टा बजारका रूपमा विकसित हुन थाल्यो । एकै दिनमा दुई-तीन पटकसम्म सटही दरमा फेरबदल आयो । यसरी भारतीय रुपियाँको भाउ बढ्दै जाने र नेपाली रुपियाँको भाउमा गिरावट आउने क्रम तीव्र हुन थाल्यो । भारतीय नोटको भाउ बढ्यो भन्नासाथ भारतबाट आउने लत्ताकपडा र औषधिको मूल्य त बढिहाल्थ्यो । साथसाथै, यहाँका ज्यापु समुदायका किसानहरू पनि त्यही बहानामा यहीँ उत्पादन हुने तरकारीको भाउसमेत बढाउँथे ।

यसरी जनतालाई मार पर्न थालेपछि भारु र नेरुको सटही दरमा स्िथरता कायम गर्नुपर्ने आवश्यकता झन् खड्कियो । भारु र नेरुको सटही दरमा स्िथरता कायम नभएसम्म तराईका मानिसले नेपाली मुद्रा किन चलाउने भन्ने प्रश्न पनि आफ्नो ठाउँमा थियो । किनभने, उनीहरूलाई त हरेक साता मुग्लान गएर मालसामान किनेर ल्याउनुपथ्र्यो । भाषा, संस्कृति, रीतिरविाज, पारविारकि आदि कारणले पनि उनीहरूलाई जबरजस्ती नेपाली रुपियाँ चलनचल्तीमा ल्याऊ भन्न सकिने अवस्था थिएन । आवश्यकता अनुरूप नेरुबाट भारु र भारुबाट नेरुमा सटही गर्न सकिने व्यवस्था कायम गर्न सकियो भने मात्र उनीहरूले सहज रूपमा त्यस व्यवस्थालाई मान्न सक्थे ।

अब आएर कुन मूल्यमा सटही दर कायम गर्ने त भन्ने प्रश्न उठ्यो । प्रधानमन्त्री, मन्त्री सबैसँग सल्लाह गरेर त्यो कायम गर्दा बाहिर हल्ला फैलिन्थ्यो र कालोबजारीको सम्भावना बढ्थ्यो । त्यसैले हामीले अर्थमन्त्रीसँग मात्र यस कुरालाई सीमित राख्यौँ । कति मूल्य कायम गर्दा हामी धान्न सक्छौँ भन्ने कुरा थियो । त्यो पत्ता लगाउनु सजिलो काम थिएन । मुलुकभर िभारतीय रुपियाँको माग कति छ ? त्यसको तथ्यांक हामीसँग थिएन ।

गभर्नर भइसकेपछि सुरुका तीन वर्ष पूर्व इलामदेखि सुदूरपश्चिम कञ्चनपुरसम्मका सीमावर्ती इलाकामा शाखा, उपशाखा र डिपो कार्यालयहरू स्थापना गर्नमा लागेँ । ब्यांकिङ् कारोबारका अतिरत्तिm सम्बन्धित क्षेत्रमा भारुको माग र आपूर्तिको प्रक्षेपण गर्ने जिम्मेवारी ती कार्यालयलाई तोकियो । यसरी करबि तीन वर्षको अध्ययनपश्चात् भारु एक सयको नेपाली १ सय ६० रुपियाँ हामी धान्न सक्छौँ भनेर निर्णय गर्‍यौँ ।

यहीँनिर अर्को समस्या के पर्‍यो भने १ सय ६० रुपियाँको दरमा सटही गर्न सकिने त भयो । तर, तराईका सबै मानिसले आफूसँग भएको भारु नेरुमा सटही गर्नुपर्ने अवस्था थियो । मानिसहरूसँग यति भारु छ, यति साट्न आउन सक्छन् भन्ने अनुमानका आधारमा त्यति पैसा ती शाखाहरूमा उपलब्ध गराउन सकिन्थ्यो । तर, त्यो मौज्दात सकिएपछि ती स्थानमा नेपाली रुपियाँ पठाउन गाह्रो थियो । पूर्व-पश्चिम राजमार्ग बनेको थिएन । भारतबाट रेल यातायातमा करबि एक महिना लाग्थ्यो, तराईका विकट ठाउँसम्म पुग्न । त्यसमा पनि नेपाली रुपियाँ लिएर जाँदा पर्ने समस्या आफ्नो ठाउँमा थियो । भारतीय पुलिसलाई नगुहारी त्यो सम्भव थिएन । त्यसले गर्दा धेरै दिन मलाई निन्द्रै परेन । तर, एकदिन बिहान उठ्नासाथ एउटा उपाय फुर्‍यो ।

जथाभावी नोट निष्कासन गर्न हामीले नै बन्देज लगाएका थियौँ । ऐन बनाएरै त्यसलाई लागू गरेका थियौँ । त्यसैले हामीले के निर्णय गर्‍यौँ भने सबै शाखा, उपशाखा र डिपोहरूमा अनिष्कासित नोट राख्ने । कथं निष्कासित नोट सकियो भने, नोट विभागको खाताबाट अनिष्कासित नोट ब्यांकिङ् विभागको खातामा सार्ने र खबर गर्ने । यति अनिष्कासित नोट चल्तीमा ल्याएका छौँ भन्ने सूचना प्राप्त भएपछि त्यति नोट ब्यांकिङ् विभागले नोट विभागमा हालिदिने । यति भइसकेपछि हामीले ०१६ चैत मसान्तका दिन घोषणा गर्‍यौँ, ‘०१७ वैशाख १ गतेदेखि मुलुकभर िनेपाली रुपियाँ कानुनी रूपमा गाह्य हुनेछ र भारु एक सयको नेपाली १ सय ६० रुपियाँमा जति पनि सटही गर्न सकिनेछ ।’

त्यस कालखण्डलाई फर्केर हेर्दा अनौठो लाग्छ र रोमाञ्चित पनि हुन्छु । कसरी त्यो सबै गरयिो होला भन्ने पनि लाग्छ । तर, जोस र केही गरौँ भन्ने चाहना भयो भने ज्यादै अप्ठ्यारो कुरा पनि सजिलै सम्भव हुँदो रहेछ । गभर्नर भएर काम गर्दा मैले त्यही अनुभव गरेँ । मुलुकभर िनेपाली मुद्रा चलनचल्तीमा ल्याउने अभियानमा सफलता पाएकामा म आफू गौरवान्वित पनि छु ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com