सम्झौता उल्लंघन, एमसीसी र महँगीविरुद्ध ४ कम्युनिष्ट पार्टीबाट भोलि नेपाल बन्दको घोषणा


प्रकाशित मिति : भाद्र ६, २०७९ सोमबार

चार कम्यूनिष्ट पार्टीहरुले भोलि नेपाल बन्दको घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी र नेपाल माओवादीले एक विज्ञप्ती जारी गर्दै भदौं ७ गते नेपाल बन्द घोषणा गरेका हुन् ।

पूर्वसन्ध्यामा कम्यूनिष्ट पार्टीहरुले महँगी, भ्रष्टाचार नियन्त्रण र अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौताको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार  दलले राजधानीमा मसाल जुलुस निकालेका छन्।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौता विरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेको हो ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com