मानव अधिकारवादीको सम्झनामा समाजवादी चिन्तक प्रदीप गिरी


प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार

–पूर्णप्रसाद मिश्र / समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरी देश, पार्टी र सत्ताको सीमाभन्दा माथि उठेको व्यक्तित्वका रुपमा सम्झनुहुन्छ पूर्व सभामुख एवं मानव अधिकारवादी नेता दमननाथ ढुङ्गाना । प्रखर विचारक र वक्ताका रुपमा स्थापित गिरी देशका सच्चा समाजवादी भएको उहाँ बताउनुहुन्छ ।

स्वतन्त्रताबाट नै समाजवादको विकास गर्न सकिन्छ भन्ने सोचबाट प्रतिबद्ध आजीवन योद्धाका रुपमा गिरी स्थापित हुनुभएको ढुङ्गानाले सम्झनुभयो । गिरीले नेपाल मानव अधिकार सङ्गठनको संस्थापक महासचिवका रुपमासमेत काम गर्नुभएको थियो । पञ्चायतकालमा मानव अधिकारको धेरै उल्लङ्घन हुन थालेपछि अधिकारको संरक्षण र प्रजातन्त्र पुनःस्थापनाका लागि सङ्गठनको स्थापना भएको मानव अधिकारवादी नेता कपिल श्रेष्ठ बताउनुहुन्छ । गिरीले मानव अधिकार आन्दोलनमा ऋषिकेश शाहलाई पनि ल्याउनुभएको उहाँले स्मरण गर्नुभयो ।

“विसं २०४२ को सत्याग्रहको असफलतापछि परम्परागत तरिकाले नेपालमा प्रजातन्त्रको पुनःस्थापना हुन सक्दैन भन्ने निष्कर्ष गिरीले निकाल्नुभएको थियो, वामपन्थीसँग पनि मिलेर प्रजातन्त्र पुनःस्थापनाका लागि जनआन्दोलन गर्नुपर्छ भन्ने दबाब तत्कालीन कांग्रेस पार्टी नेतृत्वलाई गिरीलगायतका नेताले दिनुभयो”, श्रेष्ठले भन्नुभयो ।

माक्र्सवाद र समाजवादका बारेमा समानान्तर रुपमा अध्ययन गर्ने गिरीजत्तिको नेता नेपालमा नभएको उहाँले सुनाउनुभयो । भारतमै पनि यी दुवै विषयलाई उत्तिकै अध्ययन गर्ने मानिस पनि कमै छन् । गिरी कुनै ठाउँमा एक महिनामात्र बस्नुभयो भनेपनि कोठाभर पुस्तक जम्मा भइसक्थ्यो । केही समयमै उहाँ आफू बसेको स्थानमा पुस्तकालय बनाउनुहुन्थ्यो । यसबाट गिरीको अध्ययनशीलता बुझ्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैसँग राम्रो र मिठो बोल्ने गिरी स्वभावमा भने अराजक हुनुहुन्थ्यो । बहुमुखी प्रतिभाशाली व्यक्तित्वका धनी गिरी प्रजातान्त्रिक समाजवादका बारेमा बिपी कोइरालापछिका चिन्तक हुनुभएको सुनाउनुहुन्छ श्रेष्ठ ।

महात्मागान्धीको अहिंसावादी प्रेरणाबाट प्रेरित गिरी पूर्वीय दर्शनबाट प्रभावित हुनुहुन्थ्यो । अध्यात्मको गहिरो ज्ञान पनि उहाँमा थियो । विसं २०४५ मा नेपाल मानव अधिकार सङ्गठनको स्थापना भएदेखि नै चिन्तक गिरीसँग सहकार्य गर्नुभएका मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी चिन्तनसँगै आफ्नो तर्क पनि प्रस्तुत गर्ने व्यक्तित्वका रुपमा गिरीलाई सम्झनुहुन्छ । विशिष्ट चिन्तक गिरीका तर्क बलशाली हुन्थे ।

नेपालमा विसं २०६३ वैशाख ११ गते रातिको परिवर्तनपछि काठमाडौँ उपत्यकामा विजयसभा नगर्ने सहमति सात राजनीतिक दलका नेताले गरेका रहेछन् । यो विषयलाई पहाडीले आफ्नो पुस्तक ‘प्रसङ्ग एक ः सन्दर्भ अनेक’ मा पनि उल्लेख गर्नुभएको छ । विसं २०६३ वैशाखमा लोकतन्त्र प्राप्तिको खुसीयालीमा दलले कुनै सभा आयोजना नगरेपछि नागरिक समाजका तर्फबाट गरिएको सभामा कांग्रेस नेता गिरी र गगन थापा भने सहभागी हुनुभएको उहाँले सुनाउनुभयो । सभा राति ढिलासम्म आयोजना भएको थियो ।

भर्खरै राजनीतिक परिवर्तन भए पनि आशङ्काका घेरा बाँकी रहेकाले छिटो कार्यक्रम सक्नुपर्छ भन्दै गिरीले दिनुभएको सुझाव परिपक्व चिन्तनको प्रतीक भएको मानव अधिकारवादी नेता पहाडीले सम्झनुभयो । विसं २०६४ मा भारतमा गान्धीजयन्तीको शतवार्षिकी समारोहका रुपमा ‘सत्याग्रह शताब्दी अन्तर्राष्ट्रिय समागम’ आयोजना गरिएको थियो । त्यो कार्यक्रममा पनि लामो समय गिरीसँगै यात्रा गर्नुभएका मानव अधिकारवादी नेता पहाडी उहाँजस्तो चिन्तक अब पाउन गाह्रो हुने बताउनुहुन्छ ।

राजनीति पद र पैसामा बिकेर दुर्गन्धित बनेका बेला एक जना आदर्शवादी राजनीतिक चिन्तकका रुपमा आफूले गिरीलाई स्मरण गर्ने मानव अधिकारवादी नेता श्याम श्रेष्ठ बताउनुहुन्छ । गिरीले बिपी कोइरालालाई माक्र्सवाद पढाउन ‘लेनिन’ पुस्तक लेख्नुभएको उहाँले स्मरण गर्नुभयो । “ गिरीलाई ज्ञानको विश्वकोश भन्न सकिन्छ, दक्षिण एसियामै आदर्श राजनीतिज्ञको परिचय बनाउन उहाँ सफल हुनुभएको छ, आदर्श राजनीतिक चिन्तकका रुपमा उहाँको सधैँ सम्झना हुनेछ”, मानव अधिकारवादी श्रेष्ठले भन्नुभयो ।

लोकतान्त्रिक मूल्य, मान्यता र बहुलवादी खुला समाजका प्रखर चिन्तकका रुपमा गिरीलाई सम्झनुहुन्छ मानव अधिकारवादी नेता सुबोध प्याकुरेल । सिराहाको बस्तीपुरको ग्रामीण भेगमा जन्मिएर समाजवादी चिन्तनलाई व्यक्तिगत राजनीतिक जीवनमा उहाँले रुपान्तरण गर्न सफल हुनुभएको पनि उहाँले सुनाउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com