न्युयोर्क र बाल्टिमोरमा गणेश पाण्डे निर्देशित ‘सहायक श्रीमान’ देखाइने


प्रकाशित मिति : भाद्र ३, २०७९ शुक्रबार

नेपालको बहुपति प्रथाका बारेमा निर्मित गणेश पाण्डेको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) अमेरिकाको बाल्टिमोर र न्युयोर्कमा देखाइने भएको छ । अमेरिकाको एटलान्टामा आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिवलमा यो बृत्तचित्रले उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जितेको थियो ।

बाल्टिमोरमा लमजुङ–अमेरिका सेवा समाजको आयोजना तथा बाना र एनआरएन बाल्टिमोरको सहयोगमा अगष्ट २१ तारिख आइतबार १ बजे बानाको हलमा प्रदर्शन हुने भएको छ । न्यूयोर्कमा अगष्ट २४ तारिख बुधबार साँझ ७ बजे ठमेल एनवाइसीको आयोजनामा प्रदर्शन हुँदैछ ।

‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले अहिलेसम्म सात वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको पाण्डेले जानकारी दिए । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो ।

घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हुम्ला लगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक गणेश पाण्डेले पर्दामा उतारेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com