गुल्मीमा कांग्रेस-माओवादी तालमेल असफल, ७ तहमा एमाले विजयी


प्रकाशित मिति : असार १९, २०७४ सोमबार

-अनिल खत्री

जिल्लाका १२ वटा स्थानीय तहमध्ये ७ वटामा प्रमुख, उपप्रमुख दुवै र अन्य ३ वटामा उपप्रमुखमा विजयी नेकपा एमाले पहिलो भएको छ। कांग्रेसले ४ वटा स्थानीय तहको प्रमुख र एउटामा उपप्रमुख जितेको छ। माओवादी केन्द्रले १ तहमा प्रमुखमा मात्र विजय हासिल गरेको छ। एमालेले जिल्लामा रहेका २ वटै नगरपालिकामा जित निकालेको छ। रेसुङ्गा नगरपालिका प्रमुखमा डिल्लीराज भुसाल, उपप्रमुखमा सीता भण्डारी र मुसिकोट नगरपालिका प्रमुखमा सोमनाथ सापकोटा र उपप्रमुखमा कमला शर्मा निर्वाचित भएकी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुरु गाउँपालिका अध्यक्षमा एमालेका निलकण्ठ गौतम, उपाध्यक्षमा एमालेकै लक्ष्मी पन्त निर्वाचित भएका छन्। छत्रकोट गाउँपालिका अध्यक्षमा मधुकृष्ण पन्त र उपाध्यक्षमा नर्मदा भण्डारी निर्वाचित भएका छन्। इस्मा गाउँपालिकामा एमालेबाट अध्यक्ष लक्ष्मण विष्ट र उपाध्यक्ष विमला खत्री निर्वाचित भएका छन्। एमालेबाटै मालिका गाउँपालिका अध्यक्षमा रितबहादुर थापा र उपाध्यक्षमा देवा अर्याल निर्वाचित भएका छन्। मदाने गाउँपालिकामा एमालेबाटै अध्यक्षमा दानबहादुर केसी र उपाध्यक्षमा सरिता खड्का निर्वाचित भएका छन्।

गुल्मी दरबारमा कांग्रेस कांग्रेसले गुल्मी दरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ। अध्यक्षमा अशोक थापा र उपाध्यक्षमा मीना भण्डारी निर्वाचित भए। चन्द्रकोट गाउँपालिकामा कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष जितेका छन्। अध्यक्षमा दोर्ण खत्री र उपाध्यक्षमा भगवती अर्याल निर्वाचित भएकी छन्। कांग्रेस र माओवादी तालमेल रहेको सत्यवती गाउँपालिकामा अध्यक्ष कांग्रेसका पारिश्वर ढकाल निर्वाचित भए। उपाध्यक्षमा भने एमालेकी सुर्वण शाही निर्वाचित भएकी छन्। कालिगण्डकी गाउँपालिका अध्यक्षमा पनि अध्यक्ष कांग्रेसका र उपाध्यक्ष एमालेका निर्वाचित भए। अध्यक्षमा वेद थापा मगर, उपाध्यक्ष तारा थापा निर्वाचित भए। माओवादी केन्द्रले भने १ स्थानीय तहको अध्यक्ष मात्र जितेको छ।

कांग्रेस र माओवादी केन्द्र तालमेल रहेको धुर्कोट गाउँपालिकामामा माओवादीका भुपाल पोखरेल अध्यक्ष निर्वाचित भए। उपप्रमुखमा कांग्रेसका शिवबहादुर खत्री निर्वाचित भएका छन्। स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार गुल्मीमा एमाले बलियो शक्ति बनेको छ भने कांग्रेस र माओवादी कमजोर देखिएका छन्। एमालेले गुमाएको स्थानीय तहमा अधिकांशमा झिनो मतान्तरले पराजित भएको छ। उसले धेरैजसो कांग्रेस र माओवादी तामेलमेल भएका स्थान गुमाएको हो। गुल्मीमा २०७० सालमा सम्पन्न निर्वाचनमा तीन निर्वाचन क्षेत्रमध्ये दुईवटामा कांग्रेस र एउटामा एमालेले जितेको छ।

एमाले विरुद्ध तालमेल असफल

गुल्मीमा दलहरुले आंकलन गरेको भन्दा फरक परिणाम हात परेको छ।

वर्षौदेखि कांग्रेसको प्रभाव क्षेत्र मानिएको ठाउँमा एमालेले जितेको छ। एमालेको प्रभाव क्षेत्र मानिएको ठाउँलाई कांग्रेस-माओवादी तालमेलले भत्काउने प्रयास गरे। कांग्रेस-माओवादीले धुर्कोट गाउँपालिकामा एमालेको गढ भत्काउन सफल भए। अन्य गाउँपालिकामा भने कांग्रेस माओवादी तालमेलले सोचे अनुरुप नतिजा ल्याउन सकेन। कांग्रेस-माओवादी तालमेल भएका सत्यवती, कालिगण्डकीमा एमालेको मत केही घटेको छ। छत्रकोट गाउँपालिकामा भने तालमेल असफल भयो। कांग्रेस नेता चन्द्र भण्डारीको यस गाउँपालिकामा तालमेलले पनि एमालेलाई पराजित गराउन सकेन।

थाहा खबरबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com