नागरिकता जस्तो विषय अन्य विधेयक जसरी पास गर्नु मिल्दैन : नेता खनाल


प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकताको विषय गम्भीर भएकाले राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।आज इलाममा पत्रकारहरुसँग कुरा गर्दै खनालले नागरिकताको विषय अन्य विधेयक जस्तो बहुमतको आधारमा पास गर्न नमिल्ने तर्क गरे ।

उनले भने ‘नागरिकताको सवालमा राष्ट्रिय सहमति बन्नै पर्छ, नेपाल जस्तो देशका लागि जनसांख्यिक अतिक्रमणबाट जोगिनु पर्छ ।’

राष्ट्रपतिले किन संसदमा फर्काएको भन्ने आफूले अध्ययन नगरे पनि दिर्घकालीन सोच राखेर यस्तो विषयमा अघि बढ्नुपर्ने तर्क गरे । खनालले ५ दलीय गठबन्धन कायम रहने बताउँदै इलाम १ बाट पुन प्रतिनिधिसभाका लागि चुनाव लड्ने संकेत गरे । उपचारपछि आफूमा नयाँ जोश र जाँगर आएको बताउँदै अबको समय पनि सक्रिय राजनीतिमा व्यतित गर्ने उनको भनाइ थियो ।

वाम गठबन्धनको सधैं सम्भावना रहेपनि यो पटक एकता गर्ने पक्षमा कुनै पनि प्रमुख वाम दलका नेताहरु नरहेको उनको भनाइ थियो ।अघिल्लो संसदीय निर्वाचनमा इलाम १ बाट १७ हजार धेरै मत अन्तरले खनाल विजयी भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पार्टी विभाजनपछि भएको स्थानीय निर्वाचनमा नेकपा एसले पाएका दुई पालिकाका प्रमुखमध्ये सूर्योदय नगरपालिकाको मेयर विजयी भएका छन् भने माइजोगमाई गाउँपालिकाका अध्यक्ष पराजित रहेका थिए । सूर्योदयको नगर कार्यपालिका र जिसस गठनमा नेकपा एसले एमालेसँग तालमेल गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com