बर्लिन (जर्मनी), १९ असार । जर्मनीमा सोमबार पर्यटक चढेको बस र ट्रक एकआपसमा ठक्कर खाँदा कम्तिमा १८ जनाको मृत्यु भएको जर्मन प्रहरीले ट्वीटर गरी जनाएको छ ।
प्रहरीको प्रारम्भिक रिपोर्टमा बस र ट्रक जुधेपछि बसमा आगो लाग्दा भएको दुखद् घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको छ भने ३० जना गम्भीर घाइते भएका बताइएको छ ।
प्रहरी प्रवक्ताले जर्मनीको साचसेन राज्यबाट मुएन्चवर्गको बभारिएनतर्फ आइरहेको बस दुर्घटना भएको जनाएका छन् । बसको अन्तिम कहाँका लागि थियो र पर्यटक कुन ठाँउका थिए भन्ने समाचार तयारपार्दासम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।