न्युयोर्कका कानून व्यवसायी खगेन्द्र जिसीलाई ‘जनअदालतमा उपस्थीत नभए कारवाही’को धम्की


प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार

कानून व्यवसायी खगेन्द्र जीसी

अमेरिका निवासी चर्चित कानून व्यवसायी खगेन्द्र जिसीलाई जनअदालतमा उपस्थीत नभए कारवाही गर्ने धम्की दिइएको छ । नेपालबाट फोन गरेर आफूलाई बारम्बार यस्तो धम्की दिइएको उहाँले जानकारी दिनुभयो ।

जनप्रकाश शर्माका नामबाट ९८४८०७४५९० र ९८४१२६४९१७ नम्बरबाट फोन गरेर आफूलाई एनसेलविरुद्धका मुद्दा लगायतसँग जोडेर झुठो आरोप लगाउँदै रुपन्देहीको जन अदालतमा उपस्थीत हुनभन्दै धम्की दिइएको उहाँले जानकारी दिनुभयो । उक्त व्यक्तिले आफूलाई सख्त कारवाही गर्ने भन्दै धम्की दिएको र राजेन्द्र बजगाईले आफूविरुद्ध जनअदालतमा मुद्दा दायर गरेको भन्दै धम्की दिएको उहाँले बताउनुभयो ।

उक्त व्यक्तिले राजेन्द्र बजगाईहरुसँग मिलेर अपमान हुनेगरी अमानवीय व्यवहार गरेको र विचाराधिन एनसेलविरुद्धको मुद्दालाई प्रभाव पार्नेगरी धम्काएको जिसीले जानकारी दिनुभयो । निजको उक्त कार्य नेपालको मुलुकी अपराध संहिता २०७४ को दफा १६८ १ घ अनुशारको कसुर भएकाले निज तथा निजसँग संलग्न अन्य व्यक्तिलाई समेत खोजी गरेर पक्राउ गरी उक्त ऐनको दफा १६८ २ बमोजिम हदैसम्मको कारवाहीको माग गर्दै उहाँले प्रहरीमा समेत उजुरी दिनुभएको छ ।

कानून व्यवसायी खगेन्द्र जिसी

विगत ३० बर्षभन्दा लामो समयदेखि अमेरिकाको न्युयोर्कमा कानून व्यवासयमा संलग्न रहदै आउनुभएका जिसीमा अमेरिकामा वकालत गर्ने पहिलो नेपाली अमेरिकन वकिल हुनुहुन्छ । उहाँले नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय अदालतमा नेपाल सरकार र एनसेलविरुद्धको विचाराधिन मुद्दामा नेपाल सरकारका प्रतिनिधित्व गर्दै बहस गर्दै आउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभिन्न अन्तर्राष्ट्रिय अदालतमा चलेका मुद्दाहरुको नेपाल सरकारका तर्फबाट प्रतिनिधित्व गर्दै आउनुभएका जिसी परराष्ट्र मन्त्रालयका तर्फबाट अनररी एनआरएन सल्लाहकार समेत रहनुभएका साथै सोसलिष्ट इन्टरनेशनलमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै आउनुभएको छ । उहाँ एनआरएन अमेरिकाका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

फोन गर्ने व्यक्तिले आफूविरुद्ध लगाइएका आरोपमा कुनै सत्यता नभएको र आफूले कानून व्यवयायीका रुपमा प्रतिनिधित्व गर्ने बाहेक अन्य कुनै संलग्नता नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘राजेन्द्र बजगाई लगायतको टिमले नेपालमा विदेशी लगानी भित्राउन अवरोध गरिरहेको छ । नेपालमा लगानी गर्न खोज्ने विदेशीहरुलाई तर्साएर नकारात्मक सन्देश दिइएका छन् । सरकारले समयमै उचित कदम नचालेमा यसको प्रभाव विदेशी लगानीकर्ताहरुमा निकै नकारात्मक हुनेछ ।’

जनअदालतमा उपस्थीत हुन भन्दै धम्की दिइएपनि कस्को जनअदालतमा उपस्थीत हुने भन्नबारे फोन गर्ने व्यक्ति केही खुलाएका छैनन् । एनसेलका सन्दर्भमा बोल्ने आफ्नो कुनै नीति नभएको र यसरी धम्की दिने व्यक्ति आफ्नो पार्टीको नभएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना केन्द्रीय सदस्यले बताए । जिसीलाई फोन गरेर धम्की दिनेमा आफ्नो पार्टीको कुनै संलग्नता नभएको समेत उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com