क्लोज–अप: नेपाली चलचित्रको इतिहास, पात्र र प्रवृत्तिको सँगालो


प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार

– प्रकाश सिलवाल

नेपाली चलचित्रको इतिहास सात दशक लामो छ । भारतमा निर्मित पहिलो नेपाली चलचित्र ‘सत्य हरिश्चन्द्र’ र विसं २०२२ मा नेपालमा छायाङ्कन गरिएको पहिलो चलचित्र ‘आमा’देखि हालसम्मका यस क्षेत्रभित्रका अन्तरकुन्तर अनगिन्ती छन् । नेपाली चलचित्रको एउटा सिङ्गो इतिहास मानिने ‘शाही नेपाल चलचित्र संस्थान’ अहिले फरक रुपमा अस्तित्वमा छ । यस बेलामा अगुवाहरु साक्षीका रुपमा हाम्रा अगाडि छन् । कतिपयले भौतिक चोला गुमाइसकेका छन् । नेपाली चलचित्रका तिनै आयामहरुलाई समेटिने गरी चलचित्र पत्रकार जीवन पराजुलीले ‘क्लोज–अप’ पुस्तक बजारमा ल्याएका छन् ।

नेपाली चलचित्रका विविधपक्ष र पात्रमा आधारित यो पुस्तक नेपाली चलचित्रका विभिन्न कालखण्डमा योगदान दिने साठी भन्दा बढी व्यक्तिहरुसँग संवाद गरी तयार भएको हो । डेढदशकदेखि मनोरञ्जन विधामा रहेर पत्रकारिता गर्दै आएका पराजुलीले मेहनतपूर्वक तयार गरेको पुस्तकमा ‘शाही नेपाल चलचित्र संस्थान’देखि पछिल्ला उतारचढालाई जीवनीको माध्यमबाट व्यक्त गरिएको छ ।

उक्त जुन दरबारको सक्रियतामा सुरु भएको थियो, आज एउटा पब्लिक कम्पनीको रुपमा रहेको छ । यसको इतिहास र वर्तमानलाई लेखकले संस्थानका पहिलो महाप्रबन्धक यादव खरेल एवं संस्थानमा लामो समय कर्मचारीको रुपमा काम गरेका चेतन कार्कीसँग पराजुलीले गरेको संवाद पस्किएका छन् । कार्की अहिले जीवित हुनुहुन्न । भारतबाट नेपाल आएर नेपाली चलचित्रमा योगदान दिने केही कलाकार, निर्देशक तथा सङ्गीतकर्मीहरुसँग गरिएको संवाद पुस्तकमा समावेश छ । भाषाले नेपाली तर नागरिकको हिसाबमा भारतीय हुँदा उनीहरुले भोग्नुपरेका कठिनाइ उतारिएको छ त्यति हुँदाहुँदै पनि नेपाली चलचित्रलाई उनीहरुले दिएको योगदानको चर्चा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लगातार पच्चीस वर्ष भारतको सिक्किमको मुख्यमन्त्री बन्नुभएका पवन चाम्लिङ, जसले सिक्किममा नेपाली चलचित्रको अविभावकको जिम्मेवारी पूरा गरे उहाँसँग समेत संवाद गरी समावेश गरिएको छ । तीन सयभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरी नेपाली दर्शकबाट महानायकको उपाधिसमेत पाउन सफल राजेश हमाल र उनीसँग जोडिएर आउने प्रमुख पात्रहरुको खण्ड पुस्तकको रोचक पक्ष हो ।

जीवन पराजुली

सफल अभिनेता हुन के कति सङ्घर्ष, व्यवस्थापन तथा मेहनतको जरुरी छ भन्ने हमालका अनुभवबाट सिद्ध हुन्छ । हालसम्ममा नेपाली फिचर चलचित्र निर्देशनमा जम्मा १४ जना मात्र महिला निर्देशक भएको बेग्लै खण्डले पाठकलाई नयाँ खुराक दिएको छ । आधा शताब्दी भन्दा लामो नेपाली चलचित्रको इतिहासमा नेपाली चलचित्रले जम्मा १४ जना निर्देशक पाएको यथार्थ यस पुस्तकले बाहिर ल्याएको छ । किन महिलाहरु चलचित्र निर्देशनमा थोरै छन् ? उनीहरुले किन निरन्तरता दिन सकेनन् ? निर्देशन गर्ने महिलाको अवस्था कस्तो छ ? यस्तै यावत् प्रश्नहरुको जवाफ यस पुस्तकले दिएको छ ।

नेपाली चलचित्र निर्देशनमा सञ्चारकर्मी बाक्लो उपस्थिति छ । भुषण दाहाल, नवीन सुब्बा, मनोज पण्डित, दीपेन्द्र लामा जस्ता २८ सञ्चारकर्मीहरु जसले नेपाली चलचित्र उद्योगमा आफ्ना चलचित्रबाट उथलपुथल बनाएका छन् । सञ्चारकर्मी दाहालले पहिलो नेपाली डिजिटल चलचित्र ‘कागबेनी’ निर्देशन गरी चलचित्र निर्माणको तरिका नै बदल्न सफल रहेको प्रसङ्ग सुब्बाले निर्देशन गरेको चलचित्र ‘नुमाफुङग’ ले पहिलो पटक नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजार पाएको सन्दर्भ तथा लामो समय चलचित्र समीक्षाममा कलम कुँदाएका पण्डित र लामाले बनाएका चलचित्रले दिएका फरक सन्देश यस पुस्तकमा गहिरो गरी अभिलेख गरिएको छ ।

आफ्नो ‘करिअर’ खोज्दै भारतमा भौँतारिन पुगेका केही विशिष्ट व्यक्ति जस्तैः गायक उदित नारायण झा, निर्देशक शम्भु प्रधान, सङ्गीतकार मुरलीधर, अभिनेता टीका पहारीलगायतका प्रसङ्ग पनि रोचक रुपमा लेखिएको छ । चलचित्र क्षेत्रमा आवद्ध व्यक्तिका बारेका खोजी हुँदा सतही र विरोधाभासपूर्ण जानकारी मात्र पाइने अवस्थाबाट यस पुस्तकले धेरै हदसम्म बाहिर निस्कन मद्दत गरेको अनुभव गर्न सकिन्छ ।

एउटै पुस्तकमा सबैलाई समेट्न नसकिने हुँदा यस पुस्तकमा केही पक्ष छुटेको महसुस भए तापनि अन्य खण्ड प्रकाशित गर्ने जानकारी लेखक पराजुलीले पुस्तकमार्फत दिएका छन् यस पुस्तकले पहिलो पटक नेपाली चलचित्र उद्योगका धेरै रोचक प्रसङ्ग, केही रहस्य अनि परिचित पात्रका अपरिचित प्रसङ्गहरु बाहिर ल्याउन सफलता पाएको छ । समग्रमा पुस्तकमा समेटिएका पात्रका परिचय, प्रवेश, भोगाइ र बुझाइले नेपाली चलचित्र उद्योगलाई अलग आयामबाट बुझ्न सघाएको छ ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com