सरकारी जागिरमा एकैपटक नाम निकाल्न सफल ४२ र २४ बर्षका आमा–छोरा


प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार

भारतको केरलास्थित मलाप्पुरममा आमा र छोरा दुवै सँगै सरकारी जागिरमा सामेल हुन लागेका छन् । दुवै जनाले लोकसेवा आयोगको परीक्षा एकैसाथ उत्तीर्ण गरेका हुन् । आमाले एलजीएस परीक्षा उत्तीर्ण गरिन् भने अर्कोतर्फ छोराले एलडीसी उत्तीर्ण गरे ।

छोरा विवेकले १० कक्षामा पढदै गर्दा उसलाई पढाईमा प्रोत्साहन गर्न आफूले पनि पढ्न थालेको ४२ वर्षीया बिन्दु बताउँछिन् । त्यही क्रममा उनलाई केरला लोकसेवा आयोग परीक्षाको तयारी गर्ने प्रेरणा मिलेको थियो ।

यतिबेला आमा छोरा दुबै सरकारी जागिरमा जुटेका छन् । वास्तवमा विन्दु पेशाले विगत १० वर्षदेखि शिक्षिक पेशामा आबद्ध छिन् ।

छोरालाई पढाउँदै गर्दा आमालाई पनि जोश जाग्यो 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४२ वर्षीया बिन्दुले एक टिभी च्यानलमा अन्तर्वार्ता दिँदै आफूले एलजीएस परीक्षामा उत्तीर्ण भएको बताएकी छन् । जसमा आफूले ९२औँ स्थान पाएको जानकारी गराईन् ।

उनका २४ वर्षीय छोराले एलडीसी परीक्षामा ३८औँ स्थानमा उत्तीर्ण भएका छन् । छोरालाई पढाइमा प्रोत्साहन गर्नका लागि यो सुरु गरेको उनले बताईन् ।

उनी भन्छिन्,– ‘छोरालाई पढाइमा प्रोत्साहन गर्दागर्दै मलाई पनि यसले प्रेरणा दियो, त्यसपछि म कोचिङ सेन्टरमा भर्ना भए । यससँगै छोरा विवेकलाई पनि स्नातक गरेपछि त्यहाँ भर्ना गराए ।’

‘हार मानिन्, धेरै पटक प्रयास गरें’

विन्दु भन्छिन्,– ‘एलजीएसका लागि दुई पटक र एलडीसीका लागि एक पटक प्रयास गरे, अन्ततः चौथो प्रयास सफल भएँ ।’
उनले आफ्नो वास्तविक लक्ष्य आईसीडीएस सुपरभाइजर परीक्षा रहेको भएपनि एलजीएस परीक्षा उत्तीर्ण गर्नु ‘बोनस’ भएको बताईन् ।

उनी विगत १० वर्षदेखि आंगनवाडी शिक्षिका हुन् । पीसीएस परीक्षा पास गर्न कोचिङ सेन्टरका शिक्षक, साथीभाइ र छोराले हौसला र सहयोग गरेको विन्दु भनाई छ ।

बिन्दुका छोरा विवेकले टिभी च्यानलसँगको अन्तर्वार्तामा भनेका छन्, ‘हामी दुवैले सँगै पढेका थिएनौं, तर केही विषयमा भने छलफल गथ्र्यौं ।’

विवेकले आफू पढ्न रुचाउँने बताउँछन् । उनी भन्छन्,– ‘आमाले धेरै पढ्नुभएन्, उहाँले समय मिल्दा र स्कुलबाट फर्किएपछि मात्र पढ्नुहुन्थ्यो ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com