अमेरिकामा नेपाली मूलका मोहन गुरुङ पुन ३ बर्ष को लागि आयुक्त पदमा नियुक्त


प्रकाशित मिति : असार १८, २०७४ आईतबार

विजय थापा ,वाशिंगटन डिसी ,१८ असार

दुई दशक भन्दा ज्यादा समय देखि अमेरिकाको वाशिंगटन राज्यमा बस्दै आएका नेपाली मूलका मोहन गुरुङ लाई एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा पुन ३ वर्षको लागि नियुक्त गरिएको छ l

अमेरिकाको वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले गुरुङलाई आयुक्त पदमा थप ३ बर्षको लागि काँधमा जिम्मेबारी सुम्पिएका हुन् l नव नियुक्त आयुक्त गुरुङ लाई गत जुन २७ तारिख ,२०१७ का दिन मा गभर्नर जे इन्सलीले जुन ३० ,२०२० सम्मका लागि उक्त पदमा नियुक्त गरेको उनि द्वारा हस्ताक्षर गरिएको नियुक्त पत्रमा जनाएका छन् l

गभर्नरले उक्त नियुक्त पत्रमा बिशेष स्वीकृति साथ बिशिष्ठ बिश्वास ,आस्था ,ईमान्दारी ,लगन तथा विवेक साथ गुरुङलाई आयोगमा नियुक्त गरेको जनाएका छन् l एसियाली प्रशान्त अमेरिकन मामला आयोगमा गुरुङ समेत १२ जना सल्लाहकार समितिका आयुक्तहरु रहने छन् भने उक्त पद गभर्नरले नियुक्त गर्दछन l एसियाली प्रशान्त अमेरिकन मामला आयोगको स्थापना वाशिंगटन राज्यमा रहेका एसियाली प्रशान्त अमेरिकन समुदायका आवाज सुनिन सकुन भन्ने मुख्य उद्देश्य साथ स्थापना भएको हो l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसको साथै समुदायलाई कानुन तथा नीति बारे सूचना दिने ,नागरिक अधिकार तथा न्याय ,जातीय असमानता सम्बन्धि वकालत गर्ने को साथै शिक्षा ,स्वास्थ्य तथा मानव सेवा आदी बिषयमा समेत सेवा पुगोस भन्ने उद्देस्यले आयोगको रहेको छ l आयुक्त गुरुङ को बिशेष पहलमा वाशिंगटन राज्यमा नेपाली भाषामा लेख्न तथा बोल्न दक्ष हुने बिद्यार्थीलाई सुवर्ण अवसर प्राप्त भै सकेको र नेपाली भाषालाई अङ्गीकार गर्ने पहिलो राज्य बनेको हो l

गत बर्ष जुन २०१६ मा हिन्दि, खमेर, कोरियन ,लाओ लगायत नेपाली भाषा सहित १३ वटा भाषाहरु लाई वाशिंगटन राज्यले विवरण पुस्तिका एवम् अनुवाद गरि चुस्त र दुरुस्त बनाएको थियो l वाशिंगटन राज्यमा नेपाली भाषालाई अंगीकृत गराउने श्रेय वाशिंगटन राज्यका गभर्नर जे इन्सलीले गरेका हुन् भने वाशिंगटन राज्य व्यवस्थापिकाले यसलाई मान्यता दिदै अन्य भाषाहरु झैँ नेपाली भाषालाई पनि अंगिकार गरेको हो ।

वाशिंगटन राज्यका गभर्नर जे इन्सलीले गुरुङलाई प्रथम पटक कमिसन अन एसिया प्यासिफिक अमेरिकन एफियर्स कमिसन पदमा नियुक्त गरेका थिए भने दोश्रो पटक पनि यिनैले नियुक्त गरेका हुन् l सन् १९९३ देखि अमेरिकामा बस्दै आएका गुरुङ समाज सेवाको क्षेत्रमा उनले गरेको अथक प्रयास तथा परिश्रमको कारण उनि त्यो पदमा पुग्ने पहिलो नेपाली हुन् l स्याङ्जा, पेल्का चौर गाविसमा जन्मिएका गुरुङ सँग चिकित्सा क्षेत्र अन्तर्गत वीर अस्पतालमा झण्डै डेढ दशक सेवा गरेको अनुभव छ ।

सन् १९९९ मा नेपाल सियाटल समाज स्थापना गरेर विभिन्न संस्थासँग आवद्ध गुरुङ अमेरिकामा मात्र समाज सेवामा सिमित नभई मातृभूमिलाई पनि अनवरत रुपमा सहयोग गर्दै आई रहेका छन् l उनले पुन दोश्रो पटक गभर्नरले मौका दिएकोमा गभर्नरलाई बिशेष धन्यवाद दिदै अब आफ्नो काँधमा जिम्मेबारी आएकोले यसलाई ठुलो अवसरको रुपमा लिने बताए l

आफुले बिगत ३ बर्ष सम्म उक्त पदमा रहदा अधुरो र अपुरो रहेका कामलाई उच्च प्राथमिकता दिदै प्रदान गरेको जिम्मालाई पुरा गर्ने प्रयास रहने बताए l अमेरिका सवैले अवसर पाउने देश भएकोले एक दिन नेपाली मूलका अमेरिकन राष्ट्रपती बनून भन्ने आफुले सपना पनि रहेको बताए l उनले अगाडी भने इच्छुक व्यक्तिलाई अमेरिकन राजनिती तथा कुटनीति क्षेत्रमा पनि प्रवेश गर्न मद्दत गर्ने ईक्षा रहेको बताए l गुरुंगले अरु समाजले जस्तै नेपाली अमेरिकन समाजले पनि आफ्नो हक अधिकार ठिक ढंगले प्रयोग गर्न पाउने व्यवस्था मिलाउन मद्दत गर्ने ,मतदान गर्न प्रोत्साहन गर्ने,नगर तथा राज्य सरकार सँग सहकार्य गर्न काममा जुट्ने बताए l

गुरुंग पुन उक्त पदमा नियुक्त भए पछि १२ कक्षा स्तर सम्मको नेपाली पढ्न,लेख्न र बोल्न सक्ने कक्षा सन्चालन गर्ने पहल गर्ने बताए l उनले सवैलाई बिशेष धन्यवाद दिदै नेपाल र नेपालीको नाम उच्च राख्न आफुले कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका छन् l नेपाली समुदायको सहयोग र समर्थन बिना एक्लैले केहि गर्न नसक्ने बताउदै सवैको समर्थन को अपेक्षा गरेको बताए l

समाज सेवी गुरुङले पाएको यो जिम्मेबारी तथा अभियानलाई नेपाल सरकारले चासो देखाई समर्थन तथा सहयोग गरेमा अन्य राज्यमा समेत नेपाली भाषा संस्कृतिको सम्बर्धन तथा विकास अवस्य हुने छ l

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com