मिस नेपाल नर्थ अमेरिका बनिन् प्रतियुशा बोहरा


प्रकाशित मिति : श्रावण २२, २०७९ आईतबार

मिस नेपाल नर्थ अमेरिका २०२२ को ताज प्रतियुशा बोहराले पहिरेकी छिन् । न्युयोर्कमा सम्पन्न प्रतियोगितामा अमेरिकाका विभिन्न राजयबाट सहभागी १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै उनी मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता भइन् । उनले मिस पपुलरको पनि टाइटल जितेकी छिन् ।

त्यस्तै फष्ट रनर अप आन्या थापा तथा सेकेण्ड रनरअप दिव्या पन्त भएका छन् । सेकेण्ड रनर अप दिव्याले मिस ट्यालेण्टको पनि टाइटल जितेकी छिन् ।

पहिलो चरणमा १४ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुति पछि टपटेनको छनौट गरिएको थियो । त्युपछि टप फाइभको छनौट गरिएपछि मिस नेपाल नर्थ अमेरिका २०२२ को घोषणा गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसपटक मिस नेपाल नर्थ अमेरिकामा आन्या थापा कोलोराडो, बिष्णु मिश्रा ओहायो,दिया पन्त पेनसेलभेनिया,मिङ्ग्मा शेर्पा न्ययोर्क,राजीना कार्की न्यू मेक्सिको,रिया बराल क्यान्सस ,सारा कार्की टेक्सस,सरोज तामाङ मिसिगन ,शिला बस्नेत सान फ्रान्सिस्को ,शिभालिका भण्डारी टेक्सस,प्रतियुषा बोहरा टेक्सस ,स्वस्तिका लयालु टेक्सस ,छिरिङ शेर्पा न्युयोर्क र जानकी राई न्युयोर्कले भाग लिएका थिए ।

मिस नेपाल नर्थ अमेरिका २०२२ की प्रमुख कोरियोग्राफर पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ थिइन् । उनले चौथो पटक मिस नेपाल नर्थ अमेरिकामा कोरियोग्राफी गरेकी हुन् । मिस नेपाल प्रियंका रानी जोशी विशेष अतिथि थिइन् ।

नायिका स्वस्तिमा खड्का, हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री, जोली अमात्य, संजय कोइराला, नीति शाह , राजु श्रेष्ठ , तेन्जिङ पाल्देन र उज्जवल सिंह निर्णायक मण्डलमा रहेका थिए ।

निशा पाठक तथा साहना बज्राचार्यले संचालन गरेको प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको थियो । मिस नेपाल नर्थ अमेरिकाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शैलेश श्रेष्ठ हुन् ।

ड्रिम्स युनिभर्सलको आयोजनामा अमेरिकामा नेपाली कला ,सस्कृतिको प्रवद्र्धनका लागि सन् २०१८  देखि मिस नेपाल नर्थ अमेरिका गरिदै आएको छ ।

मिस नेपाल नर्थ अमेरिका २०१८ मोनिका घले हुन् भने सन् २०१९ मा श्रीया गजुरेलले मिस नेपाल नर्थ अमेरिकाको ताज जितिन् । सन् २०२० मा कोरोना महामारीका कारण प्रतियोगिता हुन सकेन भने २०२१ मा गरिमा ज्ञवाली मिस नेपाल नर्थ अमेरिका भइन् ।

तस्विर: नाम्लो ईभेन्टस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com