न्युयोर्क निवासी साहित्यकार दिपक प्याकुरेलको ५३ बर्षको उमेरमा निधन


प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार

न्युयोर्क निवासी नेपाली साहित्यकार दिपक प्याकुरेलको ५३ बर्षको उमेरमा निधन भएको छ।केही समय देखी निमोनिया र जन्डिसवाट ग्रसित प्याकुरेको न्युयोर्कको एल्मष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

पारिवारिक श्रोतका अनुशार प्याकुरेलको बिहिबार विहान २ बजे निधन भएको हो । प्याकुरेलका श्रीमति, एक छोरा र एक छोरी छन् ।

प्याकुरेको जन्म हेटौडामा भएको थियो। आधा दर्जन बढी गीतका लेखक प्याकुरेलका गीतमा आनन्द कार्की लगायतका गायकले स्वर दिएका छन् । प्याकुरेलको उबर नामक पुस्तक प्रकाशित छ।

पुस्तक उबरका साथमा प्याकुरेल र न्युयोर्क निवासी नेपालीहरु ।

वाह्र वर्ष पछी र वेभअफ लाइभ पुस्तकका लेखक प्याकुरेल उबरको दोस्रो भाग प्रकाशन गर्ने तयारीमा समेत रहेको जनाइएको छ ।

स्वर्गीय प्याकुरेलको अन्तेष्टी न्युर्योकमा नै गरिने नजिकका आफन्त सन्जय थापाले जानकारी दिए । तर कहिले र कहाँ गर्ने भन्नेबारे पछि जानकारी गराइने उनले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com